विराटनगरमा क्षेत्रीय कराँते प्रतियोगीता

विराटनगरमा क्षेत्रीय कराँते प्रतियोगीता

विराटनगर/ २८ असार । विराटनगरमा आज देखि पूर्वाञ्चलस्तरीय क्षेत्रीय कराँते प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगीताको उद्घाटन बिहान १२ बजे एक कार्यक्रम गरी गरिएको थियो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तथा पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले गरेका हुन् । असार २९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा मोरङ्गको १५ जिल्लाका ६५ महिला र १६६ पुरुष गरि जम्मा २३१ जना खेलाडी सहभागी छन् । आजको खेलमा विजेता हुने प्रतियोगीहरु उपाधीको लागि अन्तिम चरणमा भोली भिड्ने छन् । सुजन गहतराज (झापा), मनोज गुप्ता (सप्तरी), सुरज कामत (मोरङ्ग), इश्वर विष्ट (उदयपुर, शंकर कार्की (भोजपुर) , शर्मिला कार्की (धनकुटा), चेली तामाङ्ग (सुनसरी) लगायतका खेलाडिहरु अन्तिम चरणमा पुगेको निर्णायक विनोद राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्