मोरंग ब्यापार संघको निर्वाचन टर्यो, नेतृत्व विवाद अझै

मोरंग ब्यापार संघको निर्वाचन टर्यो, नेतृत्व विवाद अझै

विराटनगरमा चासोका साथ हेरिदै आएको नेपालकै जेठो औधोगीक सस्था मोरङ ब्यापार सघको निर्वाचन टरेको छ भने अध्यक्ष को हुने भन्ने विवाद अझै कायमनै रहेको छ । आगामी असार ३२ गते घोषणा गरिएको निर्वाचन  मंगलबार केहि उमेदवारको मनोनयन फिर्ता सगै निर्वाचनको खतरा टरेको भएपनि निर्वाचीत सदस्यहरुले अध्यक्ष , वरिष्ठ उपाध्यक्ष तथा महासचिव छान्नुपर्ने भएपछि अध्यक्षको विवाद कायमै रहेको हो । केहिले मनोनयन फिर्ता लिएर निर्वाचन कार्यक्रमलाइ सहज बनाइदिएको र १९ जना कार्यसमितिको निर्वाचन हुनुपर्नेमा १९ जना नै रहेकाले मनोनयन कायम रहेका हरु  कार्यसमिती सदस्यमा निर्वीरोध निर्वाचीत भएको मोरङ ब्यापार सघले जनाएको छ । निर्वीरोध निर्वाचित सदस्यहरुमा उद्योग क्षेत्रवाटअविनाश बोहोरा, पवन कूमार सारडा,प्रकाश मून्दडा,रमेश कूमार राठी,नविन रिजाल,सूनिल
टिवडेवाल,अनिल सारडा र आनन्द जाजु रहेका छन , त्यस्तै बस्तगत क्षेत्रबाट राजन श्रेष्ठ र सूवास आचार्य निर्वीरोध निर्वाचीत भएका छन । त्यसैगरि बाणिज्य क्षेत्रबाट श्रवण कूमार अग्रवाल, विजेन्द्र परासर,तरुण कूमार संचेती,देवकीनन्दन अग्रवाल, अनिल कूमार साह,शंकरलाल राठी,रविन कूमार दाहाल  र सूशिल कूमार जोशी रहेका छन भने सघको शाखाको तर्फवाट भोला दुलाल निर्वीरोध निर्वाचीत भइसकेका थिए ।
ब्यापारसघको २९औ कार्यसमिती निर्वीरोध गराउन मनोनयन दर्ता भएलगतै निवर्तमान अध्यक्ष महेश जाजु लगायत पुर्बअध्यक्षहरु सक्रृय भएका थिए , उनीहरुले उमेदवारहरुसगको छलफल पछि सहज बाताबरणमा उमेदवारि फिर्ता गराएर
कार्यसमिती निर्वीरोध गराएको बताएका छन । यद्यपी ब्यापार सघमा निर्वाचनको सम्भावना भने कायमै रहेको छ , कार्यसमितीले अध्यक्ष महासचिव र बरिष्ठ उपाध्यक्ष छान्न बाकिनै छ ।
छलफलपछि मंगलवार उमेदवार फिर्ता लिनेहरुमा उद्योग तर्फबाट सुसिल कुमार जोसि,सुवोध कोइराला ,र देवकी नन्दन यादब रहेका छन त्यस्तै बाणिज्य क्षेत्रबाट मनिष मारु, सूनिल टिवडेवाल, कृष्णकूमार लोहिया, र सूवोध कोइराला तथा बस्तुगत क्षेत्रबाट शकरलाल राठि र मनीष मारुले उमेदवारि फिर्ता लिएका थिए , केहि उमेदवारले दुइ क्षेत्रवाट समेत उमेदवारि दिएका थिए । मेरङ ब्यापार सघको सदस्यहरु निर्वीरोध भएको भएपनि अध्यक्ष र महासचिवमा निर्वीरोध नह’ने बताएका छन । अध्यक्षमा चचामा आएका र दवि गरिरहेका अविनास बोहोरा र पबन क’मार सारडा दुवै निर्वाचित भएपछि अझ प्रतीष्पर्धा बढने बताइएको छ । महासचिबको दवेदार रहेका रमेश कुमार राठि । देवकी नन्द अग्रवाल, प्रकाश मुदण्डा र भोला दुलाल पनि सदस्यमा निर्वाचीत भएका छन , ब्यापार सघ संकेतका अनुसार अविनास बोहोराको पल्ला अध्यक्षका लागी भारि हुदै गएको छ । उन्लाइ अध्यक्ष बनाउने र अध्यक्षका दावेदार रहेका पवन क’मार सारडालाइ बरिष्ठ उपाध्यक्ष बनाउने भित्री तयारि अगुवाहरुले गरिरहेका छन भने प्रकाश मुदण्डालाइ महासचिव बनाउने तयारि समेत भइरहेको छ अझै सम्म टुगो भने लागी सकेको छैन तर सहमतीको प्यास जारि छ , निर्वाचीत केहि सदस्यले बताएका छन । अहिले यसै भन्न सक्ने स्थिती भने छैन चुनाव हुने या नहुने यसै भन्न सकिन्न , अध्यक्ष र महासचिवका दावेदारहरुले आपनो अडान छोडिसकेको स्थिती छैन उनीहरुले भने । ब्यपार सघको विधान अनुसार  १९ जना निर्वाचीत ह’न्छन भने २ जना मनोनीत हुने प्राबधान छ , अध्यक्ष उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष बैठकले छान्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्