अवैध भारतिय कुखुरा पक्राउ

अवैध भारतिय कुखुरा पक्राउ

विराटनगर, २९ असार । विराटनगर १६ मा रहेको एक कुखुरा फार्मबाट प्रहरीले बुधबार ९० वटा भारतीय कुखुरा पक्राउ गरेको छ ।
विराटनगरका कुखुरा व्यवसायीहरुको सुराकीको आधारमा विहान ९ बजे नगर प्रहरी कार्यालयले अवैधरुपमा ल्याएर घरमा राखिएका उक्त भारतिय कुखुरा वरामद गरेको नगर प्रहरी कार्यालयले जनाएको छ । लक्ष्मी उच्च मा.वि. लक्ष्मीमार्गमा कार्यरत शिक्षक बजरङ्ग मण्डलको उक्त घरमा बजरङ्ग पोल्टीफर्म खोलीएको र फर्मसँगै अर्को कोठामा लुकाएर राखिएको अवस्थामा अवैध कुखुरा वरामद गरिएको हो । भारतिय बजारमा १२० रुपैया प्रतिगोटा पर्ने उक्त कुखुरा विराटनगर बजारमा १५० देखि १८० रुपैया प्रतिगोटा पर्ने व्यवसायीहरुले बताएका छन् ।
विराटनगरमा नयाँ प्रहरी प्रमुख आएसँगै तस्करीमा कडाई गर्न थालिएपछि साइकलमा हालेर नेपाल भित्र्याउने र विभिन्न ठाँउमा स्टोर गरी विराटनगरका बजारमा उनिहरुले पुर्याउने गरेका थिए । कुखुरा ल्याएवापत ल्याउनेहरुलाई प्रति १० कुखुराको ३०० रुपैया दिने गरिएको छ । कुखुरासँगै ओसारपसारमा सम्लग्न विशेस्वर मण्डल र हाफिस मियाँसहित उक्त पोल्टिफर्मका सञ्चालक बजरङ्ग मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये एउटा कुखुरा मरेको पाइएको र पक्राउ गरिएका सबै कुखुरा क्वारेन्टाइन कार्यालयमा लगी डम्पिङ्ग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्