विराटनगर रिङरोड निर्माण कार्य सुरु

विराटनगर रिङरोड निर्माण कार्य सुरु

विराटनगरको बहुचर्चित रिङरोडको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । विगत डेढ दसकदेखि निर्माणधीन अवस्थामा रहेको चक्रपथको ट्रयाक खोल्ने कार्य धमाधम भइरहेको छ । निर्माणधिन अबस्थामारहेको चक्रपथको निर्माण सम्पन्न गर्न तीन अर्ब सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चक्रपथमा  ३४ मिटरको सडक र ढल निर्माणकालागि  उक्त खर्चलाग्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले जनाएको छ । डिभिजन कार्यालयका अनुसार चक्रपथको प्रारम्भीक सर्वेक्षणले निर्माण सम्पन्न गर्न ३ अर्ब ७ करोड ५० लाख लागत लाग्ने अनुमान गरेको हो ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका अनुसार हालसम्म ३२ किलोमिटर ट्याक खोल्ने कार्य पूरा भइसकेको छ । चालु आर्थिक वर्षको योजनाको काम पूरा भएपछि रिङरोडको ४१ किलोमिटरमध्ये ९ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहने कार्यालयका प्रमुख टपेन्द्र बहादुर खड्काले जानकारी दिए । ‘१ किलोमिटर लम्बाई ३४ मिटर चौडाइको सडक र ढलको निर्माण गर्न ७ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ’–खड्काले भने । आगामि आर्थिक बर्षमा सरकारले चक्रपथकालागि बजेट विनियोजन नगरे लागत बढ्ने खड्काले बताए । चालु आर्थिक बर्षमा केन्द्रबाट १ करोड ६५ लाख बजेटआएको थियो ।
चक्रपथकालागि २ सय मिटर जग्गा अधिकरण गर्ने तयारी गरिएको छ । दुईसय मिटर अधिकरण गरिएको जग्गामा ३४ मिटर चौडाइको सडक बनाइने छ । सडकको दुवै तर्फ ढलको पनि निर्माण गरिने छ । सडक र ढलनिर्माण पछि बाँकी जग्गामा सडकको दुवै तर्फको जग्गा प्लानिङ गरि विकसीत घडेरी बनाउने डिभिजन कार्यालयको योजना छ ।  यस्तो विकसित घडेरी जग्गा धनिलाई नै न्यायोचित रुपमा वितरण गरिने डिभिजन प्रमुख खड्काले बताए । यस्तो सरकारी  योजनाले स्थानियबासी पनि उत्साहित भएको खड्काको दाबी छ ।
चालु आर्थिक वर्षमा केन्द्रबाट आएको १ करोड ६५ लाख रूपैयाँ बजेटले अनुमान गरेभन्दा ज्यादा काम हुने देखिएपछि रिङरोड निर्माणमा थप तीव्रता आएको हो । यस वर्षको बजेटले इक्राहीदेखि दरैयासम्म ट्रयाक खोल्ने कामका लागि १ करोड ४० लाख रूपैयाँ लागत लाग्ने अनुमान गरी टेन्डर खोलिएको थियो । टेन्डरको ठेक्का ४० लाख रूपैयाँमा लागेपछि योजनाको रकमबाट एक करोड बचत भएको थियो ।
अनुमानितभन्दा कम लागतमा काम सम्पन्न हुने भएपछि बचत रकमले पनि धेरै काम गर्न सहयोग पु¥याएको डिभिजन प्रमुख खड्काले बताए । “अनुमानितभन्दा कम रकममा ठेक्का लागेकाले बचत रकमले झोराहाटदेखि हात्तीमुडासम्म करिब १० किलोमिटर ट्रयाक खोल्ने तयारी गरिएको छ,” डिभिजन प्रमुख खड्काले भने, “अहिले सबैतिरबाट रिङरोडका बारेमा चासो देखाइएको छ ।” त्यस्तै इक्राहीदेखि अमाहीबरियातीसम्मको सडकखण्डमा ग्राभेल पनि यसै वर्ष गरिने योजना डिभिजन कार्यालयको रहेको उनले बताए ।
२०५४ सालदेखि रिङरोड निर्माण सुरू भएको भए पनि स्थानीय जग्गा धनीहरूको जग्गा अधिकरण र ट्रयाक खोल्ने काममा अवरोध हँदा योजनाले गति लिन सकिरहेको थिएन । तर पब्लिक प्राइभेट पाट्नरसिपको आधारमा निर्माण योजना सुरू गरेपछि स्थानीय जग्गाधनीहरू जग्गा दिन उत्साहित भएको खड्काको दाबी छ । उनका अनुसार करिब ३४ मिटर चौडाइको रिङरोड बनाउन दुई सय मिटर जग्गा अधिकरण गरिने योजना डिभिजनको छ ।
सार्वजनिक निजि साझेदारीको आधारमा चक्रपथ  निर्माण सुरु गरेपछि स्थानिय जग्गाधनिहरू जग्गा दिन उत्साहित भएको खड्काको दाबी छ । ‘कसरी चक्रपथबाट स्थानिय जग्गा धनिले अधिकतम फाइदा लिन सक्छन् भन्ने देखाउन विराटनगर १८ को महतो टोल छेउको एक किलोमिटर चक्रपथ सडक खण्डमा नमूनाकालागि  जग्गा प्लानिङ गरि वितरण गर्ने  तयारी गरिएको छ’–खड्काले भने जग्गा धनिलाई सडक, ढल लगाएतका पूर्वाधार सहितको विकसीत घडेरी मुआव्जा दिइने भएकाले जग्गा धनिहरू जग्गा उपलब्ध गराउन तयार भएका हुन् ।
यता जग्गा धनिहरूले पनि चक्रपथ यसक्षेत्रको विकासको महत्वपूर्ण पूर्वाधार भएकाले निर्माणकालागि सहयोग गर्ने बताएका छन् । चक्रपथ निर्माणकालागि स्थानिय जग्गा धनिहरूसंग शहरी विकास तथा भवन  डिभिजन कार्यालयले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा जग्गा धनिहरूले चक्रपथ निर्माण हुनु यो क्षेत्रकालागि ठूलो उपलब्धी भएकाले  आफुहरू सहयोग गर्न तयार रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्