मधेसमा मन्त्रीको लोभ गरेपछि गुम्यो कञ्चन बिच्छाको सांसद पद

<span class='c1'>मधेसमा मन्त्रीको लोभ गरेपछि गुम्यो</span> <span class='c2'>कञ्चन बिच्छाको सांसद पद</span>

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।

नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए पनि उनले मानिनन् । उनको यही अटेरीका कारण राप्रपाले १२ मंसिरमा प्रदेशसभामा पत्र पठाउँदै विच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न अनुरोध गरेको थियो । राप्रपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार सांसदबाट हटाइदिन माग गरेको थियो ।

सोही अनुरोधका आधारमा प्रदेशसभा सचिवालयले कार्यसञ्चालन नियमावली २०७५ का नियम १९० र १९१ बमोजिम जानकारी गराउँदै औपचारिक सूचना प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्