भारतबाट भित्रीदै गरेको कुखुरा बरामद

भारतबाट भित्रीदै गरेको कुखुरा बरामद

विराटनगर असार ३० | भारतबाट चोरी पैठारीगरी भित्राएको करिव ३६ थान कुखुरा आज शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयको गस्ती टोली र पशु क्वारेन्टाइन कार्यालय विराटनगरले संयुक्त रुपमा नष्ट गरेको छ ।
विराटनगर २२ स्थीत मटेरुवा नाकाबाट नेपाल भित्र्याउने क्रममा तीन व्यक्ति सहित ती ती कुखुरा प्रहरीले आज विहान वरामद गरेको थियो । कुखुरा पैठारीमा संलग्न पीण्टु साह, राहुलकुमार साह र सुरज साह पशु क्वारेन्टाइनले चेतवनी दिएर मुक्त गरेको छ ।
भारतबाट ल्याइएका कुखुराहरु विराटनगर २१ स्थीत वावुचन्द नामका व्यापारीलाई विक्री गर्न लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विराटनगरमा केहि दिनयता यस्ता अवैध कुखुराहरु पक्राउ हुने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्