पूर्वाञ्चलस्तरीय जिम्नास्टिक प्रतियोगिता सम्पन्न

पूर्वाञ्चलस्तरीय जिम्नास्टिक प्रतियोगिता सम्पन्न

विराटनगर /३२ असार । विराटनगरमा शनिवार पुर्वाञ्चल क्षेत्रीय जिम्नास्टिक प्रतियोगिता आयोजना गरिएको छ । दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगीताको लागि खेलाडि छनौट गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो । जिम्नास्टिक संघ मोरङ्गका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अरुण कु.राठी तथा केन्द्रिय तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक तथा विशिष्ट प्रशिक्षक नबिन उप्रेतिको उपस्तीथिमा प्रतियोगिताको उद्घाटन शनिवार नै एक कार्यक्रम गरि गरिएको थियो । प्रतियोगितामा मोरगं, झापा, सुनसरी र सप्तरीको गरि जम्मा १६ जना जिम्नास्टिक खेलाडिहरुको सहभागिता रहेको थियो । आजको प्रतियोगितामा प्रथम पदम राई (मोरङ्ग), उपेन्द्र मरिक (मोरङ्ग) र टिकाराम श्रेष्ठ (सुनसरी) छनौट भएका छन् । विजयी खेलाडिलाई आइतबार विहान एक कार्यक्रम गरि पुरस्कार वितरण गरिने आयोजकले जनाएका छन् । कार्यक्रमबाट छनौट भएका खेलाडि आगामी कात्तिक ४ र ५ गते सञ्चालन हुने दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगितामा पूर्वाञ्चलको प्रतिनिधित्व गरि सहभागी हुने निर्णायक विनोद मरिकले बताए । जिम्नास्टिक ख%

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्