युवा क्लबद्वारा कण्डम वितरण

युवा क्लबद्वारा कण्डम वितरण

विराटनगर / ३२ असार । गुडिरहेको रिक्सा रोक्दै रिक्साचालक र रिक्सामा सवार यात्रुलाई कण्डमको प्रयोग बारे बताउदै कण्डम दिँदा धेरै लजाउथे तर पनि आफ्नो कामलाई निरन्तरता दिइरहेका थिए पिस जोन क्लबका स्वयमसेवक युवाहरु । ‘कतिले त लिनै मानेनन्, कतिले भने अझ दिनु भनेर समेत माग्छन्’ एक स्वयमसेवक युवाले बताए । सामाजिक कार्यमा युवाहरुलाई परिचालन गर्ने उद्देश्य साथ सुरु गरिएको युवा क्लब पिस जोन क्लबले आइतबार हाटखोला स्थित गुरुकुल अघि आयोजना गरेको कण्डम निःशुल्क कण्डम वितरण कार्यक्रमको दृश्य हो यो । परिवार नियोजन संघको सामग्री सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा १३ सय वटा कण्डम वितरण गरिएको क्लबका अध्यक्ष सुलभ श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्