पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु

विराटनगर / १ साउन । राष्ट्रियस्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिताको लागि पूर्वाञ्चलबाट टिम छनौट गर्ने उद्देश्यका साथ आइतबारदेखि विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय एन्फा–कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन रानी सुरक्षा बलका प्रहरी उपरिक्षक चिरञ्जीवि कुवँरको प्रमुख आतिथ्यमा गरिएको थियो । प्रशिक्षक राजु थापाको संयोजकत्वमा भइरहेको प्रतियोगितामा मोरङ्ग, सुनसरी, झापा र सप्तरीका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताबाट छनौट हुने ३ टिमले राष्ट्रिय अन्तरविद्यालय फुटबल खेल्न पाउने आयोजक मोरङ्ग जिल्ला फुटबल संघका सभापति दिपेन्द्र धिमालले बताए । विराटनगर जुटमिलको फुटबल मैदानमा जारी उक्त प्रतियोगिता साउन ७ गतेसम्म सञ्चालन हुने छ । आइतबार भएको खेलमा भगवती उच्च मावि बेलबारीले लु.ल.प्र.ज उच्च मावि तेरौता सप्तरीलाई २–० को अन्तरले हरायो । आगामी खेल युनिड एकेडेमी झुम्का र रेडस्टार बो. स्कुल पथरी बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्