एम.आर.पि.का लागि फारम संङ्कलन सुरु

एम.आर.पि.का लागि फारम संङ्कलन सुरु

विराटनगर / १ साउन । सरकारले लागु गरेको मेसीन रिडेबल पासपोर्ट (एम.आर.पि) पासपोर्ट वितरण गर्ने योजना अनुरुप पुर्वाञ्चलमा कोशी अञ्चलको ६ र सगरमाथा अञ्चलको ३ जिल्लामा एम.आर.पि. का लागि आवेदन फारम सङ्कलन कार्य आइतबार देखि सुरु गरेको छ । पुर्वाञ्चलका लागि संकलन केन्द्र तोकिएको जिल्ला प्रशासन कार्यालय मोरङ्गमा राहदानी लिनका लागि नै विहानै देखि सेवाग्रहीको भिड देखिएको थियो । सरकारले एम.आर.पि. अनिवार्य गरे पछि वैदेशिक रोजगारी तथा यात्रामा जान चाहनेहरुले लामो समय देखि यसको वितरण प्रक्रिया कुरेर बसेका थिए । यस अघि काठमाडौमा उपत्यकाका तिन जिल्ला (काठमाडौ, भक्तपुर र ललितपुर) र परराष्ट्र मन्त्रालयबाटमात्र एम.आर.पि. वितरण गरिदै आइएको हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परिरहेको थियो । एम.आर.पि. वितरणको पहिलो चरणमा फारम सङ्कलन कार्यबाट जम्मा भएको फारमहरु काठमाडौ पठाएर एम.आर.पि. निर्माण गरिने छ । एमआरपि निर्माण भइ सेवाग्रहीहरु समक्ष आइपुग्न घटिमा पनि २ महिना समय लाग्ने जिल्ला प्रशासन कार्यलयका उप–सचिव तथा राहदानी संयोजन केन्द्रका प्रमुख होम बहादुर खड्काले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्