विराटनगरमा मनाइयो सबेवरात

विराटनगरमा मनाइयो सबेवरात

विराटनगर /२ साउन । विराटनगरका मुस्लिम धर्मालम्बिहरुले आइतबार उल्लासपुर्ण रुपमा इस्लाम पर्व सबेवरात मनाएका छन् । आफ्ना पुर्खाहरुको आत्म शान्तिका लागि विराटनगरका मुस्लिम चिहानगृहहरुमा प्राथना गर्दै उनिहरुले यो पर्व मनाएका हुन् । ‘मुस्लिम क्यालेण्डर अनुसार प्रत्येक वर्षको सबेवरात महिनाको चाँद निस्किएको पन्ध्रौ दिनमा यो पर्व मनाइने गरिन्छ' प्राथनाका लागि विराटनगर बलभद्र राजमार्गस्थित मुस्लिम चिहानगृहमा आएका मोहोम्मद महियुद्दीनले बताए । मुस्लिमहरु पर्वजहरुको सम्झनामा गरिब, रोगी, असहायलाई दान दिने र भोजन खुवाउने जस्ता पुण्यका कार्यहरु यस दिनमा गर्ने गर्दछन । आफ्ना पुर्वजहरु समाधिष्त गरिएको चिहानगृहमा रातभर जाग्राम गरि कुरानको पाठ गर्दा उनीहरुले मुक्ति पाउने र यसो गर्नु प्रत्येक मुसलमानको कर्तव्य भएको उनीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्