विराटनगरमा ज्योती विकास वैङ्कको सोह्रौ शाखा

विराटनगरमा ज्योती विकास वैङ्कको सोह्रौ शाखा

विराटनगर/२ साउन । ज्योती विकास बैङ्कले आफ्नो सोह्रौ शाखाको विराटनगरमा आइतबार उद्घाटन गरेको छ । राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको बैङ्कको रुपमा इजाजत प्राप्त यस बैङ्कको शाखा उद्घाटन प्रमुख अतिथि तथा संचालक विनोद कुमार ढकालले रिबन काटेर गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले राष्ट्रिय आवश्यकतामा रहेको कृषि तथा उर्जाको क्षेत्रमा बैङ्कले लगानी गर्ने उद्देश्य राखेको बताउनु भयो । उहाँको अनुसार बैङ्कले विराटनगर शाखाबाट विभिन्न आधुनिक बैंकिङ्क सुविधाहरु एटिएम कार्ड, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड लगायतका सुविधाहरु उप्लब्ध गराइनेछ । गत आर्थिक बर्षमा ज्योति विकास बैंकले २ अर्ब ५५ करोड ६५ लाख २६ हजार रुपैया निक्षेप सङ्कलन गर्न सफल भएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्