Living with Ict दोस्रो वर्षमा

Living with Ict दोस्रो वर्षमा

विराटनगर/२ साउन । विराटनगरबाट प्रकाशित हुने सुचना प्रविधि विशेष पत्रिका ‘लिभिङ्ग विथ आइसिटि’ भोली मंगलबार देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । गत वर्ष साउन ३ गते यसको पहिलो अंक प्रकाशित भएको थियो । यसको पहिलो वार्षिक उत्सवको अवसरमा प्रकाशन समुह इस्ट आइटि कम्युनिटिले भोली पत्रकार महासंघ मोरङ्गको सभाहलमा Importance Of ICT For Youth विषयक  अन्तरक्रियात्मक कार्यपत्र प्रस्तुत कार्यक्रम गर्दैछ । इस्ट आइटि कम्युनिटिले यसको स्थापनाकाल देखि नै मोफसलमा सुचना प्रविधिको विकासका लागि योगदानहरु दिदै आइरहेको छ । यस कम्युनिटिले हाल पत्रिका प्रकाशन गर्नुका साथसाथै सुचना प्रविधिमुलक एफएम कार्यक्रम उत्पादन गर्ने र विभिन्न विद्यार्थीहरुका लागि उपयोगि कार्यक्रमहरु समेत गर्दै आएको छ । लिभिङ्ग विथ आइसिटिका सम्पादक तथा इस्ट आइटि कम्युनिटिका अध्यक्ष राजन लम्सालले कार्यक्रममा पत्रिकालाई निरन्तरता र अझ गुणस्तर विस्तारका लागि छलफल समेत गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्