Living With ICTको पहिलो वार्षिक उत्सव मनाइयो

Living With ICTको पहिलो वार्षिक उत्सव मनाइयो

विराटनगर/३ साउन । विराटनगरबाट प्रकाशित भइरहेको मोफसलको एकमात्र सुचना तथा प्रविधि विशेष पत्रिका लिभिङ्ग विथ आइसिटिको पहिलो वार्षिक उत्सव मनाइएको छ । पत्रकार महासंघ मोरङ्गको सभाहलमा एक कार्यक्रम गरि उक्त पत्रिकाको वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा पत्रिकाका प्रबन्धक तथा कार्यक्रमका सभापति पर्बतराज झा ले सुभकामना मन्तव्य राखे पछि कार्यक्रमको थालनी भएको थियो । कार्यक्रममा लिभिङ्ग विथ आइसिटिका सम्पादक तथा प्रकाशक समुह ईआइसी नेपालका अध्यक्ष राजन लम्सालले यसको स्थापनाकाल देखी हाल सम्मको कार्यक्रमहरु सहभागीहरुलाई प्रेजेन्टेसनबाट देखाएका थिए । कार्यक्रममा युवाका लागि सुचना प्रविधीको महत्व विषयमा कार्यपत्रहरु प्रस्तुत समेत भएका थिए । मदन भण्डारी स्मृति प्रतिष्ठानका प्रतिनिधि निर्मल तामाङ्ग , युवा पत्रकार सरोज कार्की, विराट लक्ष्मी बैङ्कका कर्मचारी भुपेन्द्रराज पराजुली लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा मोरङ्गमा सुचना प्रविधिको विकासमा लागेका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्मा, कान्तिपूर दैनिकका फोटो पत्रकार भिम घिमिरे, सिपिएनका डाइरेक्टर नन्दु खवास , क्यान मोरङ्गका सन्तोष दाहाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । उक्त पत्रिकाको गत वर्षको श्रावण ३ गते देखि प्रकाशन थालनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्