भ्रामक प्रचार गरि यौन सामग्री बेच्ने पक्राउ

भ्रामक प्रचार गरि यौन सामग्री बेच्ने पक्राउ

मोरंग, ३ साउन । स्वास्थ्य जस्तो संवेदनशील पेसामा अनर्गल, अपत्यारिला, भ्रामक विज्ञापन गरेर विभिन्न यौन सम्वन्धि सामग्रीहरु  ऋवैध रुपमा वेचविखन गर्ने दुई कम्पनीका संचालक र कर्मचारी सहित ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । यथार्थ भन्दा बाहिरको विज्ञापन गरेर सर्वसाधारणबाट तीब्र रुपमा पैसा असुली गरिरहेका विराटनगरको भृकटी चौक स्थित कान्तिपुर हर्वोवाट दुई जना संचालकरु र युनिटी हवौबाट एकजना कर्मचारीलाई हजारौ मूल्यका सामग्रीहरु सहित प्रहरीले पक्राउ गरेको हो ।
कृष्ण दहाल र पुजा राई तथा कर्मचारी अर्जुन राना मगरलाई ५४ प्रकारका  विभिन्न यौन सामग्रीहरु र युनिटि हर्वोवाट कर्मचारी ईन्दिरा राईलाई ४८ प्रकारका सामग्रीहरु सहित प्रहरीले  आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका नायव उपरिक्षक दिपक थापाले विभिन्न पत्रपत्रीकामा भ्रामक विज्ञापन गरेर यौन शक्त्ति वढाउने र अंगहरुको ईच्छा अनुसारको विकास गराउने वताउँदै यौन वद्र्धक सामग्रीहरु  महगो मूल्यमा विक्रि गरेको पाईएपछि उनीहरुलाई पक्राउ गरिएको वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्