दिगो शान्ति र आर्थिक विकासका लागि रेडियो छलफल

दिगो शान्ति र आर्थिक विकासका लागि रेडियो छलफल

विराटनगर ४ साउन । आज विराटनगरमा रेडियो सगरमाथा र दिगो विकास समाजको संयुक्त आयोजनामा दिगो शान्ती र आर्थिक विकासका लागी अनुभव आदानप्रदान कार्यक्रममा गरिएको छ । कार्यक्रममा बोल्दै सहभागीहरुले नेपालमा दिगो शान्ती र समावेशी आर्थिक विकास कसरी गर्न सकिन्छ भनि छलफल गरिएको थियो । यो अभियान पूर्व मेचि देखि महाकाली सम्म चलाईएको र विगतमा द्धन्दबाट प्रभावितहरुलाई आर्थिक रुपले समाजमा कसरी उनिहरुलाई स्थापित गराउने कस्तो प्रकारको अभियानले अगाडी बढाउन सकिन्छ भन्ने बहस उठाइएको रेडियो सगरमाथाका संजिव अधिकारीले बताए । कार्यक्रममा देशको पुर्व क्षेत्रमा रहि आर्थिक विकासमा नमुनात्मक कार्य गर्ने ३ जना व्यक्तित्वहरु राम केबल माझी (सर्लाही), राममणी कुस्वाह (धनुषा) र नारायण नेपाल (विराटनगर)लाई उपस्थित गराई उनिहरुको भोगाई र सफलताको कथा प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी र रेडियो सगरमाथाका संजिव अधिकारीले गरेका थिए । यस्तै कार्यक्रम आउदो ८ गते हेटौडा र ८ गते नेपालगञ्जमा १२ गते गरिने अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्