सिभिल बैङ्कको विराटनगरमा शाखा विस्तार

सिभिल बैङ्कको विराटनगरमा शाखा विस्तार

विराटनगर/१६ श्रावण । विराटनगरबाट आज सिभिल बैङ्कले आफ्नो पाँचौ शाखाको सुरुवात गरेको छ । बैङ्कका अध्यक्ष ई. इच्छाराज तामाङ्कले एक कार्यक्रम बिच रिबन काटि बैङ्कको शुभारम्भ गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष तामाङ्गले सिभिल बैङ्कले यस क्षेत्रका ठुला एवं साना उद्योगहरुको सम्भाव्यता अध्ययन गरी थप पुँजीका लागि ऋण प्रवाह गर्दै उच्चस्तरीय बैङ्कीक सफ्टवेयर टि–२४को प्रयोग गरी अत्याधुनिक बैङ्किक सेवा दिने बताउनु भयो । उहाँको अनुसार बैङ्कले व्यवसायिक कृषिकरणमा समेत लगानी गर्ने जनाउनु भयो ।

चार अर्ब अधिकृत पुँजी र २ अर्ब जारी पुँजी सहित सिभिल बैङ्क सञ्चालनमा आएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनु भयो । उहाँले गत आर्थिक बर्षमा २.९५ अर्ब निक्षेप संकलन गर्दै १ करोड रुपैया भन्दा बढि नाफा आर्जन गर्न सफल भएकोमा गर्व व्यक्त गर्नु भयो । विराटनगरको शाखा अघि सिभिलले काठमाडौ, विरगञ्ज र धादिङ्क र बाह्रविसेमा पनि आफ्नो शाखा सुरु गरेको महर्जनले बताउनु भयो । साथै बैङ्कले चालु आर्थिक वर्षको आश्विन मसान्तसम्ममा मेलम्ची, आरुघाट लगायतको स्थानमा थप ६ शाखा विस्तार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्