बिज्ञप्तीद्बारा सरकारको ध्यानाकर्षण

बिज्ञप्तीद्बारा सरकारको ध्यानाकर्षण

बिराटनगर, साउन १६ । पूर्बाञ्चल बिश्वबिद्यालयमा तीन महिना देखि रिक्त उपकुलपतिको नियुक्ती हुन नसक्दा सम्पूर्ण प्राज्ञिक तथा प्रशासनिक गतिबिधिहरु ठप्प भएका छन । बिश्वबिद्यालयको उपकुलपति नियुक्ति अबैज्ञानिक र अब्यबहारिक भएकाले पनि यो अवस्था आएको बिश्वबिद्यालय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले बताएका छन । बिश्वबिद्यालय सभाका सदस्यहरु सञ्जेशप्रसाद कोइराला, सिरिष रिजाल, बालेन्दु हमाल ठकुरी, सन्देशदास श्रेष्ठ, उदयराज प्रसाइ र गोपालप्रसाद शर्माले आज संयुक्तरुपमा बिज्ञप्ती जारी गर्दै बिश्वबिद्यालयको छबि सुधारी सहि दिशा दिन बिश्वबिद्यालयमै कार्यरत बरिष्ट प्राध्यापक मध्ये एकलाइ उपकुलपतिको नेतृत्व दिन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ । बिश्वबिद्यालयसँग सम्बन्ध नराख्ने ब्यक्तिहरुलाइ बिना आधार बिश्वबिद्यालयको नेतृत्व सुम्पीदा उनीहरु जिम्मेवार भएको नपाइएको बताइएको छ । समग्रमा पूर्बाञ्चल बिश्वबिद्यालय आर्थिक अनियमितताको केन्द्र बन्दै गएको र जसका कारण आज सम्म पनि अधिकांश पदाधिकारी अख्तियार दुरुपयोग अनुसंधान आयोग धाइरहेको बिज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्