फोहोर व्यवस्थापनका लागि काम सुरु

फोहोर व्यवस्थापनका लागि काम सुरु

विराटनगर, १८ साउन | क्षेत्रीय फोहोर व्यवस्थापन परियोजना विराटनगरले फोहोर व्यवस्थापनको ढिलो गरी काम सुरु गरेको छ ।

परियोजनाले १५ महिनापछि फोहोर व्यवस्थापनको अवधारणा सार्वजानिक गर्दै काम सुरु भएको जनाएको हो । मंगलबार परियोजनाको कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा परियोजनाले अहिलेसम्म भएका प्रगती विवरण प्रस्तुत गरेको छ ।

नेपाल सरकारको स्थानीय विकास मन्त्रालय र फिनल्याण्ड सरकारको पराराष्ट्र मन्त्रालयको दुई पक्षीय विकास परियोजनाले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि क्षेत्र निर्धारण गरी काम अगाडी बढाएको हो । परियोजनाले विराटनगर उपमहानगरपालिका, इनरुवा, इटहरी, धरान नगरपालिकाको फोहोर व्यवस्थापन गर्नेछ । यसैगरी खनार, टंकीसिनवारी, डंग्राहा, सोनापुर, दुहबी, हातिमुडा, कटहरी, भलुवा र हाँसपोसा गाविस समेतलाई क्षेत्र बनाई फोहोर व्यवस्थापनको कार्य अगाडी बढाउने अवधारणा रहेको छ ।

विराटनगर उप–महानगरपालिकाको फोहोरलाई व्यस्थापन गर्नका लागि मोरङको डंग्राहामा ल्याण्डफिल्ड साइटको निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढीसकेको क्षेत्रीय फोहोर व्यवस्थापन समन्वयकर्ता तथा सरकारका प्रतिनिधि बाबुराम आचार्यले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्