विद्युत महशुल १४ करोड उठेन

विद्युत महशुल १४ करोड उठेन

विराटनगर, साउन १८ गते । नेपाल विद्युत प्राधीकरण विराटनगरको गएको आर्थिक बर्षमा १४ करोड १८ लाख रुपैयाँ महशुल उठाउन सकेको छैन ।  अधिकासं सरकारी कार्यालयहरुले  विद्युतको महशुल नतिरेपछि यो बक्यौता रहेको हो ।

विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयको महशुल विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष २०६७/०६८ मा ६९ कोरड २३ लाख रुपैयाको विद्युत खपत भएकोमा ५९ करोड १२ लाख रुपैयाँ मात्र महशुल संकलन भएको छ ।  जसमा अधिकांश सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुले महशुल बुझाएका छैनन् ।

महशुल नै नबुझाउने सरकारी संघ/संस्थामा कोशी अञ्चल अस्पताल एक करोड ६० लाख, त्यसैगरी नगरपालीकाको सडक वत्तीको एक करोड १५ लाख तथा बन्द रहेको विराटनगर जुटमिल्सको समेत ४ करोड ७० लाख रुपैयाँ उठ्न बाँकी देखिएको छ । यसैगरी कोशी अञ्चल अस्पतालकै प्रसुती गृहको नाममा समेत ५० लाख ६८ हजार रुपैयाँ बाँकी बक्यौता उठ्न बाँकी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्