वर्षाको पानीले विराटनगर उपमहानगरपालिकाका सडकहरु जलमग्न

वर्षाको पानीले विराटनगर उपमहानगरपालिकाका सडकहरु जलमग्न

मोरङ १८ साउन । निर्माणमा गुणस्तर नभएका कारण विराटनगर उपमहानगरपालिकाका भित्रका अधिकाशं सडकहरु वर्षाको पानीले जलमग्न भएका छन् भने अधिकांश सडक खाल्डा खुल्डीले जनजीवनमा गम्भिर असर परेको छ ।

नियमीत मर्मत सम्भारको अभाव र निर्माण कार्यमा हुने अनियमीतता र गुणस्तरहिन कार्यले गर्दा  विराटनगर उपनगरपालिका भित्रका  अधिकाशं सडकहरु समय अगावै भत्केर जीण वनेका हुन् । जताततै भत्केका सडकहरु हिँउदमा धुलाम्मे हुन्छन भने पानी पर्नासाथ खाल्डाखुल्डीमा पानी जमेर दह झै हुँदा वटुवाहरु वाटो हिडन समेत सक्दैनन । यो समस्या अहिले विराटनगरका सबै वाडामा विस्तार भईसके छ । सडकमा धेरै खाल्डा खुल्डी भएकाले सवारि दुर्घटना समेत बढ्ने गरेको छ ।

विराटनगर उपनगरपालिकामा २२ वटा वाडामा १ हजार २ सय १८ वटा विभिन्न साना ठूला  सडकहरु  छन् । जसमा विराटनगर नगरभित्र  करिब ४ सय किलो मिटर   सडकमार्ग छन ।

स्थायिन राजनैतिक दल, नपाका कर्मचारीहरु र ठकेदारहरुको मिलेमतोमा वनाईका सडकहरु वनाईनसक्दै भत्कने गरेका छन । हरेक वर्ष नगर पालिकाले सवा करोड रुपैया नगरका सडक निर्माण र मर्मतकालागि भनेर छुटयाउने गर्दछ । तर नगरमा रहेका सडकको अवस्था हेरेर त्यो रकम अत्यन्तै न्युन भएको विउमनापाका कार्यकारी अधिकृत रामाधिन यादव वताउछन् ।

जिल्ला टाफिक कार्यलय मोरडका प्रहरी  निरीक्षक अबदेश विष्ट जथाभावी भत्किएका  सडकमा धेरै खाल्डा खल्डी भएकाले सवारी  दुर्घटनाको भय उच्च रहेको वताउछन् । उनका  अनुसार सडकको खाल्टा खुल्डी  बचाएर गतल दिशावाट सवारी  साधन चलाउनुपर्ने वाध्यता रहकोले विपरीत दिशावाट आएको सवारीसंग ठोक्कीने र पदयात्री तथा साईकल यात्रीहरु दुर्घटनामा पर्ने डरपनि उत्तिकै हुनेगरेको छ । टाफिक कार्यलय मोरङको तथ्याङ अनुसार गएको आर्थिक बर्षमा सवारि दुर्घटनामा ५७ जनाको मृत्यु भएको थियो । साथै सख्त घाईते ३ सया ६० जना र सामान्यमा ५ सय ३४ जना घाईते भएको छन् ।

अलकत्रा एकदमै कम राखेर कालो पत्रे गरिएको सडकमा वनिसकेको  एक दुईदिनभित्रै सडक भत्कने र मर्मत सम्भार नहुँदा हिँडन र सवारी साधन चलाउन नहुनेगरि जीर्ण वन्नेगरेको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । नगरका कलेज रोड, संसारीमाईस्था मार्ग, अस्पतालमार्ग, सरोचिया मार्ग, आदि सवै भत्कीएका छन । प्राय सवै एक दुईवर्ष भित्रै निर्माण सम्पन्न भएका हुन । ठेकेदार र नपाका कर्मचारीहरु भने हलुका सवारी चलाउनुपर्ने सडकमा हभी मालवाहक सावरी साधनहरु चलाउनेगरेको सडक भार भेग्न नसकेर चाँडै जीर्ण हुनेगरको बताउँछन् ।

उपनगरपालिकाको कार्यलय अधिकृत रामाधीन यादवको अनुसार यसबर्ष उपनगरपालिकाको कुल बजेट ४४ करोड ३१ लाख २४ हजार ४ सय ९७ रुपैयामा रहेकोमा बिकासको निमार्णको लागि ११ करोड ६५ हजार ८६ रुपैया एक सय ३२ रुपैया छुटयाएको  छ । जुन प्राय सडक निर्माण र मर्मतकैलागि धेरै खर्च हुनेगरेको छ ।

नगरक्षेत्रमा उचित ढलनिकास नहुँदा  नहुदा मख्यु व्यापारि केन्द्र हिमालय रोड,  पोखरिया, कन्चनबारि,  बरगाछि, मुनालपथ, भानुटोल,  हाटखोला आदि  प्रमख क्षेत्र हरेक साल डुवानमा पर्ने गरेका छन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्