उद्योगबाट निस्केको कार्बनयुक्त धुलोका कारण गाँउ नै प्रदुषित

उद्योगबाट निस्केको कार्बनयुक्त धुलोका कारण गाँउ नै प्रदुषित

विराटनगर/ २० श्रावण । सुनसरी मोरगं करिडोरमा पर्ने हिमगिरि साबुन उद्योगबाट निस्किएको कार्बनयुक्त धुवाँको तथा खरानीको धुलाका कारण आफ्नो स्वास्थ्य तथा वातावरण प्रदुषण भएको भन्दै टंकी सिनवारी गाविसका स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् । उक्त उद्योग पश्चिम टंकि सिनवारी १ स्थित न्यौपाने टोलका सर्वसाधारणहरुले यस्तो गुनासो गरेका हुन् ।
उद्योगमा साबुन बनाउदा निस्किने गरेको कार्बनको धुँवा हावाको माध्यमबाट उद्योग वरीपरिको बस्तिमा फैलीई मानव स्वास्थ्यमा असर पुर्याउने गरेको छ । धुँवासँगसँगै खरानीको मसिनो कणहरु समेत फैली आँखामा पस्ने समस्या रहेको स्थानीयवासीहरु बताउछन् । “समस्या बारे धेरै पटक उद्योगमा सम्पर्क राखि सक्यौ तर उद्योगमा समस्या नभएको भन्दै तर्किने गर्छन” पिडित स्थानीयवासी सुनिता चालिसेले बताइन् । उनको अनुसार उद्योगबाट निस्कने प्रदुसित धुँवाका कारण सर्वसाधारणमा रुघा खोकी जस्ता समस्या देखापर्न थालीसकेको छ । त्यस टोलका रुख बिरुवाहरुमा समेत उद्योग सञ्चालन भएको समयमा उडेर आएको खरानीका कणहरुले तह बनाएको देखिन्छ ।  
यस्तो प्रकारको कार्वनयुक्त धुवाँ र धुलोको कणले ब्रोङ्काइटिस, छाला र आँखाको रोग, एलर्जिक रियाक्सन लगायतका समस्या देखापर्न सक्ने र पछि गएर फोक्सोको क्यान्सर समेत हुन सक्ने बताउछन् डा. मनिष अर्याल । यसरी जनस्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर पुर्याईरहदा समेत उद्योगले सुधारका कदम चालेको देखिदैन । यसैबारे बुझ्न प्रशासन प्रमुख घनश्याम थापालाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आएनन् । उद्योगमा सम्पर्क राख्दा त्याहाँ रहेको प्रतिनिधीहरुले सर्वसाधारणले भनेझै कुनै समस्या नरहेको बताए । उक्त करिडोरका उद्योगहरुबाट निस्किएका फोहोरहरुको उचित व्यवस्थापन नहुदा समेत राजमार्गमा यात्रा गर्ने यात्रीहरुले दुर्गन्ध सहनु परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्