Youth for blood को रगतबारे कार्यशाला सम्पन्न

Youth for blood को  रगतबारे  कार्यशाला सम्पन्न

रगत तथा रक्तदानको बारेमा युवाहरुलाई जानकारी गराउने उद्देश्यका साथ विराटनगरमा शनिवार एक कार्यशाला आयोजना गरिएको छ ।
रगतको अभावका कारण विरामीहरु मारमा परि रहेको अवस्थामा युवाहरुले ताजा रगत उपलब्ध गराउनका लागि बनाएको साथी समुह ‘युथ फर ब्लड’को आयोजनामा गरिएको उक्त कार्यशाला गुरुकुल विराटनगरको चौतारीमा ५५ जना युवाहरुको सहभागीतामा सम्पन्न गरिएको थियो । कार्यशालामा युवाहरुलाई विजय खतिवडाले रगत तथा रक्तदान सम्बन्धि जानकारी प्रदान गर्नु भएको थियो । कार्यशाला सोचे अनुरुपमा सफल भएकोमा खुसि ब्यक्त गर्दै कार्यक्रमका संयोजक निर्मल शर्माले बिना खर्च नै यति ठुलो कार्यक्रम गर्न सकिन्छ भनि आफुहरुले पुष्टि गरेको बताउनु भयो । ‘सबैको सहयोगले गर्दा कार्यक्रम सञ्चालन गर्न एक रुपैया पनि खर्च भएको थिएन ’ कार्यक्रमको आर्थिक क्रियाकलाप हेर्ने जिम्मा पाएकि नताशा शर्माले बताइन् ।
एक महिना अघि देखि सुरु भएको साथी समुह युथ फर ब्लडले हालसम्म २० भन्दा बढि अत्यावशक परेका बिरामीहरुलाई ताजा रगत उपलब्ध गराइसकेको छ भने यसको सदस्य युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सम्म ६०० भन्दा बढि युवाहरुले यस समुहमा आफ्नो रगत समुह तथा सम्पर्क नम्बर टिपाइसकेको छन् । समुह कै स्वयमसेवकहरुको आन्तरिक सहयोगबाट हालसम्म सञ्चालन भइरहेको ‘युथ फर ब्लड’ नेपाल मै युवाहरुले गरेको महत्वपुर्ण सामाजिक कार्य मध्ये एक भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कार्यशालामा पारस थापा, कृष्ण धिताल, सुबुना बस्नेत, मिलन नेपाली लगायतले सहभागीहरुलाई विभिन्न खेल र प्रस्तुति मार्फत मनोरञ्जन समेत प्रदान गर्नु भएको थियो । सबिन चिमरियाले कार्यक्रम उद्घोषण गर्नुभएको थियो ।

 

सन्दर्भ :  youthforblood.org

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्