सामना परिवारले विराटनगरमा कार्यक्रम गर्ने

सामना परिवारले विराटनगरमा कार्यक्रम गर्ने

विराटनगर/ २५ श्रावण । एनेकपा माओवादी सम्बद्ध सामना साँस्कृतिक परिवारद्वारा देश व्यापीरुपमा सुरु गरेको जागरण जनसंगीत अभियान अन्तर्गतको कार्यक्रम श्रावण २८ गते विराटनगरमा हुने भएको छ । एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघले बुधवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
महासँघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीका अनुसार उक्त साँस्कृतिक कार्यक्रम जनतालाई देशको वर्तमान राजनितिक अवस्थाबारे सुसुचित गराई उनीहरुको अधिकार परिचित गराउने उद्देश्यका साथ गरिन लागिएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ज्ञवालीले वर्तमान समयमा हरेक पार्टि भित्र बढ्दै गईरहेको गुटबन्दी संविधान नबन्ने संकेत भएको बताउनु भयो । उहाँले हुन लागेको कार्यक्रमले त्यस प्रकारका गुटबन्दी र राजनितिक दलहरुको विकृतिलाई औल्याई जनतालाई सचेत गराउने विश्वास व्यक्त गर्नु भयो ।
देशव्यापी अभियान अन्तर्गत यस अघि नै काठमाडौ र पोखरामा यसता कार्यक्रम भएको महासँघले जनाएको छ । विराटनगर पछि २९ गते विर्तामोड, ३० गते धरान र ३१ गते इनरुवामा पनि यस्तै कार्यक्रम गरिने बताईएको छ । साँस्कृतिक कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिका साथ ‘सपना र उनीहरु’ नामक नाटक समेत प्रर्दशनी गरीने महासँघले जारी गरको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्