बुद्ध एयरको सहयोग

बुद्ध एयरको सहयोग

बिराटनगर २५ साउन । बुद्ध एयरलाईन्स कम्पनी प्रा.लिले मोरंगको डाँगीहाट गाँउ बिकास समितिको बिकासका लागी प्रदान गर्दै आएको बार्षिक १५ लाख रुपैया अन्र्तगत आर्थिक बर्ष २०६७/६८ मा उपलब्ध गराईसकेको १० लाख रुपैयाको आय ब्यय सार्बजनिक गरिएको छ ।
मोरंगको डाँगीहाट ६ स्थित काली उच्च मा.बिको पं्रागणमा आज बुद्ध एयरलार्यन्स र डाँगीहाट बिकास निर्माण समितिले संयुत्त पत्रकार सम्मेलन गरी सो आय ब्यय सार्बजनिक गरेको हो ।
एयरलाईन्सको मानब संशाधन कोष अन्र्तगत बितरित पहिलो किस्ता बापतको ५ लाख मार्फत डाँगीहाटका ५ वटा बद्यिालयमा पुस्तकालय,बिज्ञान प्रयोगशाला,कम्पाउण्ड घेराबारा,गेट निर्माण,जग्गा खरिद लगायतको काम गरिएको र दोश्रो किस्ताबापतको ५ लाख डाँगीहाटका ८ वटा वार्डमा १७ वटा शौचालय निर्माण भइसकेका छन भने तेश्रो किस्तावापत आउने ५लाखले स्वास्थ्य,बाटो निर्माण लगायतका क्षेत्रमा लगानी गरिने निर्माण समितिका सचिब अजित अधिकारीले जानकारी दिनुभयो ।
पत्र कार सम्मेलनमा उपस्थित बुद्ध एयरलाईन्सका प्रबन्ध निदैशक बिरेन्द्र बस्नेतले तेश्रो किस्तावापतको ५ लाख तुरुन्तै उपलब्ध गराईने र आगामी दिनमा थप राम्रा कामहरु गर्दै गए सहयोग रकमलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यत्त गर्नुभएको थियो ।२०६७ असार २२ गते स्थानीय भेलाले डाँगीहाट बिकास निर्माण समिति गठन गरेपछि समितिले सक्रियता पुर्बक काम गर्दै आएको छ ।
सम्मेलनकै क्रममा लक्ष्मीमार्ग सोराभाग कालोपत्रे सडक निर्माण समितिका अध्यक्ष बल बहादुर मगरले बस्नेतलाई सहयोगका लागी मागपत्र समेत बुझाउनु भएको थियो । यसै बर्ष निर्माण हुने १ किलोमिटर कालोपत्रेका लागी ६२ लाखको लागत अनुमान गरिसकिएको र १० लाख रुपैया संकलन भईसकेको जानकारी समेत दिईएको थियो ।सम्मेलनमा समितिका अध्यक्ष शालिकराम बस्नेत,मानब शंशाधन कोषका अध्यक्ष खगेन्द्र बस्नेत, नेपाली काग्रेसका डाँगीहाट सभापति बद्री मण्डल,माओबादीका डाँगीहाट सचिब तोयानाथ सापकोटा प्राध्यापक हरिनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्