मिसावट गरेको पेट्रोल फेला पर्यो

मिसावट गरेको पेट्रोल फेला पर्यो

विराटनगर २६ साउन । भारतको बरौनीबाट ५ दिन अघि आयल निगमको विराटनगर डिपोमा ल्याएर राखिएको एक टयाकरमा पेट्रोलमा मिसावट गरिएको फेला परेको छ । जिल्ला प्रहरि कार्यलय मोरङका डिएसपि दिपक थापाले बा ४ ख ३११५ नम्बरको टयाङकरमा मिसावट भएको जानकारि आएपनि अनुसन्धान गरेको र उक्त्त टयाकरमा रहेको चेम्बर १,२,र ३ मा मिसावट नपाइए पनि ४ र ५ मा मिसावट पाइएकाले कार्वाहिका लागी थप ल्याब टेसटका लागी काठमायडौ पठाइएको बताएका छन । टयाकरमा २० हजार लिटर तेल रहेको थियो । विराटनगर डिपोमा रहेको ल्याब परिक्षणबाट विसावट भएको पत्ता लागेको हो । टयाकरलाइ अहिले सिल गरिएको छ । विराटनगर ४ का केशब आर्चार्यको उक्त्त टयाकरका चालक भने भारतीय भएको र उनी टयाकर छोडेर भारततीरै लागेको बताइएको छ । थापाका अनुसार १ सय ८० डिग्री टेम्प्रेचर हुनु पर्ने मा ४ र ५ मा २ सय ४० र २ सय ४३ पाइएको बताएका छन । उक्त्त टयाङकरलाइ निगमको नियमा अनुसार कार्वाहि हुने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्