लागु औषध प्रयोगकर्ता सहि बाटो तर्फ लाग्दै

लागु औषध प्रयोगकर्ता सहि बाटो तर्फ लाग्दै

विराटनगर /२६ श्रावण । ‘अझै पनि कत्तिले हामीलाई लागु औषध प्रयोगकर्तालाई झै व्यवहार गर्छन’, लागु औषध त्यागेर समाजमा पुनस्र्थापित भईसकेका एक पुर्व लागु औषध प्रयोगकर्ताले आफ्नो मर्म पोखे ‘लामो प्रयास पछि पुनस्र्थापित भएका हामीलाई यसले निरुत्साहित गर्ने गर्दछ’ ।
बिहिबार रिचमण्ड फेलोसिपले आफ्नो प्रोजेक्ट पि.आर.सी.बारे जानकारी प्रदान गर्न गरेको पत्रकार सम्मेलनमा आफ्नो अनुभव सुनाउदै हाल कम्प्युटर मर्मतको कार्य गर्दै आएका रवि (नाम परिवर्तन) जस्तै मनिष(नाम परिवर्तन)ले पनि आफ्नो अनुभव सुनाए । उनी हाल विराटनगरमा चिया पसल सञ्चालन गरेर स्वरोजगार भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै रिचमण्डका लेखा अधिकृत संजिव चापागाईले रिचमण्डले लागुऔषध प्रयोगकर्ताहरुलाई समाजमा पुर्न स्थापित गराउने उद्देश्यका साथ युवाहरुलाई विभिन्न तालिम, सिप तथा सहयोग गर्न पि.आर.सी. सञ्चालित गरिएको बताए । उनको अनुसार हाल १३ सय पचास पुरुष र १०० जना महिला लागु औषध प्रयोगकर्ता रिचमण्डको सम्पर्कमा रहेको छन् ।
त्यसै गरि पि.आर.सी.का कार्यक्रम संयोजक दिनेश बस्नेतले गत वर्ष देखी सञ्चालनमा आएको यसले हाल सम्म ४६ जना लागु औषध प्रयोगकर्तालाई सेवा प्रदान गरिसकेको बताए । उनले सेवा पाउने मध्ये १४ जना स्वरोजगार भएको, १०जनाले जागीर गरि रहेको, ६ जनाले पढाईलाई निरन्तरता दिईरहेको र ३८ जना परिवारमा पुर्नस्र्थापित भईसकेको जानकारी दिए । पि.आर.सि.मा हाल १५ जना उपचार गराईरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्