निबन्ध लेखेर सरकारलाई दबाब

निबन्ध लेखेर सरकारलाई दबाब

विराटनगर /२६ श्रावण । विराटनगरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत युवाहरु संलग्न गराई निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । १२ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मोरङ्ग युवा सञ्जालको सहकार्यमा गैरसरकारी संस्था सँगसँगै र एस.ओ.डि.ले संयुक्तरुपमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा ‘स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय निति निर्माण तहमा युवाहरुको सकृय भुमिका सुनिश्चित गरौ’ भन्ने विषयमा १९ जना युवाहरुले प्रतिश्पर्धा गरेको कार्यक्रम संयोजक तथा एस.ओ.डि.का सदस्य रबिन रायले जानकारी दिए ।  उनले युवाहरुको व्यक्तित्व विकाससँगै निवन्धको माध्ययमबाट सरकारलाई युवाहरुको सबालमा दबाव दिने उद्देश्यका साथ प्रतियोगिता गरिएको बताए।
प्रतियोगिताबाट छनौट भएको उत्कृष्ठ निबन्धलाई शुक्रबार साँझ ४ बजे आयोजना गरिने बृहत युवा र्यालीमा पुरस्कृत गरिने सँगसँगैका अध्यक्ष आशिष राज ढुंगानाले बताए । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार विराटनगरमा युवाको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुको समुह मोरङ्ग युवा सञ्जालले ई–क्याम्पेन, हस्ताक्षर संकलन, साँस्कृतिक कार्यक्रमसँगै बृहत युवा र्याली आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्