श्रावणले छोयो बिराटनगरलाइ

श्रावणले छोयो बिराटनगरलाइ

अनिल श्रेष्ठ विराटनगर  , साउन १९ | हरियो मैसम जतातेतै हरियालि आनि आहिले त महिलाको पहिरान पनि कि त रातो , पहेलो नत्र भने हरियो देखन्छ । कुर्ता सुरुवाल र हरियो सारि अनि हातमा विभीन्न बुटा भरेर हत्केला र पाखुरै सम्म मेहन्दीले रातो पार्नेको पनि कमि छैन । अझ जन सोमबार त के भन्नु विराटनगर १० देवकोटा स्थीतको शिवमन्दिरमा यस्तै पहिरानमा सजिएका महिलाहरुको भिड प्रसस्त देखिन्छ । विराटनगर सत्यनारयण कलेजकि क्षात्रा भूवनकुमारि खवासले भनिन पहिले कहिल्लै पनि चुरा नलगाउने यीनि अहिले दुबै हात भरि हरियो चुरा लगाएका छिन । उनि भन्छीन मैले हातमा चुरा मात्र लगाएको छुईन हरेक सोमबार शिवजिको व्रत पनि बस्दै आएको छु । उनि थपछिन यो महिना हरियो चुरा लगाएर व्रत बस्यो भने त भनेजस्तो श्रीमान पाईन्छ रे, त्यसैले मेहन्दी सहित हरियो चुरा लगाएको हु । उनि संगै अध्यनरत साथी उपसना अधिकारिले पनि हातमा पहेलो र हरियो चुरा अनि हातमा मेहन्दी लगाउन थालेको छिन । उनि भनछिन साउन माहिनाको पहिलो दिननै मेहन्दी र चुरा लगाउने अनि मेहन्दीको गाढापन हराउदै गएमा फेरि दोहोत्याइृ तेहेत्याई लगाउने बताईन । यसरि हरियो चुरा र मेहन्दीमा सहजीनेमा बढि मात्रमा अबिवाहित कलेज पढ्ने यृवतीको संख्या निकै बढि छ , भने बिद्यालयका क्षात्रा र भर्खरै बिहे गरेका अनि केहि अलिक प्रढ महिला पनि छन् । हृन त अहिले साउन महिना भएर होला जतातेतै हरियालि छ । वातावरण , खेतबारि , जंगल , पाखाहरु ह्रियालि हुदा मन प्रफृल्लित हुने स्वभाविककै हो । सायत बर्षातको मैसमा भएर होला अनि अबिरल बर्षमा सबैको मनमा एक प्रकारको तरगं र उमंगमको सन्चार गराउछ होला तर यहाको यूवतिहरु भने अर्कै धुनमा छन । उनिहरुको हातमा रातो मेहन्दी हातमा सहजिएको त छदै छ , हातै भरि हरियो र पहेलो चुराले सजिएको छ । भने व्रत उपवासमा पनि उनिहरु लागेको प्रसस्त मात्रमा भेटिन्छ् । सोमबार शिवको मन्दिरमा पुजा गर्न आएको एक क्यापसको क्षात्रा सोलोचना दाहाललाई सोधेको थियै साउन महिनामा किन नि व्रत ? उसले कुरा भुइमा खस्न पनि नदिकन उसले यसरि तर्क दिई साउन माहिना शिव भतm हरुको लागि पवित्र महिना मानिन्छ । भगवान शिवले दुध, जल , र हरियो कुराहरु मन पराउने हुदा सोमबारको दिन नजिकको शिवको मन्दिरमा जाने पुजा अर्चना गर्ने र कतिपयले त यो महिनाको हरेक सोमबारका दिन व्रत बस्ने गरेका छन । अहिले साउन महिना भरि बोलवम बोलवम भन्दै खालि खुटटामा पहेलो वस्त्र धारण गरि पूर्विका झापा , मोेरड , सुनसरि , सप्तिरी , लगाएको ठउदेखि धरानको चतराबाट पबित्र जल बोकि पिण्डेश्वरिको मन्दिरमा पुगि शुद्ध मनले पुजा अर्चना गरि फर्केको विराटनगर स्थीत क स्कुलका शिकक्षक मनोज भटले भन्नुभयो दुईबर्ष  त व्रत बसिसके अब एक बर्ष पुत्याउन बाकि रहेको छ । त्यसपछि तिन बर्ष भएपछि आफनो मनले मागेको पुग्छ रे , विराटनगर महेन्द्र मोरड आर्दश बहूमुखि क्यापसको प्रथम बर्ष बिएडमा अध्यनरत क्षात्रा सिता पुरिलाई निगरानिको सम्पदाताले सोधेको थियै कहिले पनि चुरा नलाउने मान्छे ले कहिले बाट सरु नि ?  उनले यो प्रश्न सिध्याउन नपाईकन उनले भनिन किन हुनुनि मनको कुरा पुर्रा गर्न नि साउन महिनामा हारियो चुरा लगाएर भगवान शिवको पुजा गत्यो भने राम्रो श्रिमान पाईन रे, अनि मनले चिताएको पनि सबै पुग्छ रे , माता पार्बतीले त साउनामा शिवको पुजा गरेर नै त शिवलाई पतिको रुपामा पाएको हुन रे , उनले शिवको आरधान गर्दा आफुले सोचेजति पति पाउने हुनकि  हैनन् तर मनको गढेको बिश्वासलाई हरियो चुराले पुरा हुने चाहि बताईन । मेहन्दी र हरियो चुरा लगाउनेमा उच्च शिक्षा हासिल गरेका मात्र होईनन उमेर अलि छिप्पिएका महिला र विवाहित अनि कक्षा ८ , १० पढ्दै गरेका केटिहरु पनि छन् । त्यसमध्धेमा त ब्रत बस्ने र शिव मन्दिर धाउनेमा पुरुषहरु पनि रहेका छन् । उनिहरु मध्धेका धेरै जसोले त यो महिन भरि हरेक सोमबार ब्रत बस्ने शिवको पुजा गर्ने र सकेसम्म माछा , मासु , र अशुद्ध मानिने खानेकुरा त्याग गर्ने त परै जाहोस ब्रत बसेको दिन त बाटो हिडेको यूवतिहरु पनि जिसकाउदैनैनि ब्रत बसेको मनोज ठाकुरले बताए । शिव मन्दिरका धार्मिक पण्डितहरुको भनाई अनुसार साउन महिनामा शिवको पुजा महत्व रहेको छ । यो महिनामा शिवको पुजा गरेमा पुन्य मिल्ने र मनको कुरा पुरा हुने गर्दछ त्यसैले पनि यहाको शिवालय मन्दिरमा हिजो आज भिडभाड देखिन थालेको छ । यता धार्मिक प्रकृतीका कारणले अहिले व्यापार पनि बढ्को सम्बद्ध व्यापारिहरुको भनाईरहेको छ । विराटनगर १० देवकोटा  चोकमा रहेको फाथिभार कस्मेटिकको व्यापारि कमला श्रेष्ठको अनुसार अरु बेला चुर्रै नखोज्ने टिनएजर यूवतिहरु पनि अहिले थरि थरिका हरियो चुरा र मेहन्दी खोज्न आईरहेका छन् । त्यसैले यो महिना व्यापार बढ्ेको छ । उनले भनीन् अहिले हरियो चुरा र मेहेन्दी अलिक पछि तिज आएपछि रातो चुरा डोरी अरु कस्मेटिक सामानको व्यापार हुन्छ । अरुबेला व्यापार नभएपनि दुई तिन महिना त खुबै व्यापार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्