विराटनगर रक्त सञ्चार केन्द्रमा रगतको अभाव : बिरामी मर्कामा

विराटनगर रक्त सञ्चार केन्द्रमा रगतको अभाव : बिरामी  मर्कामा

विराटनगर, २९ साउन । रक्त सञ्चार केन्द्र विराटनगरमा रगतको अभाव भएको छ ।
केन्द्रमा रगत अभाव हुँदा यस क्षेत्रका अस्पतालमा शल्यक्रियालगायतका जटिल बिरामीहरु मर्कामा परेका छन् । रगतको अभाव भएपछि बिरामीहरुले आफन्त तथा निकटका व्यक्तिहरुबाट रगत लिएर रगतको अभाव टारिरहेका छन् । मोरङ जिल्लाभरिका अस्पतालहरुमा उपचार गराउने बिरामीहरुको रगतको माग पूरा गर्दै आएको रक्त सञ्चार केन्द्रमा हाल कुनै पनि  समूहको रगत नरहेको केन्द्रका रक्तसञ्चार अधिकृत विनोद कुमार निर्धाले बताए । उनले केहि दिनयता रगत मागमा बृद्धि भएकोले गर्दा रगत अभाव भएको जानकारी दिए । उनका अनुसार मोरङमा हाल दैनिक ३० देखि ५० पिन्टसम्म रगतको आवश्यकता देखिएको छ । यस क्षेत्रमा गत साता देखि रक्तदान कार्यक्रम आयोजना नभएको निर्धाले बताए । त्यसै गरी नेपाल रेडक्रस सोसाइटीले एक विज्ञप्ती निकाल्दै विराटनगरका औद्योगिक संस्था, सरकारी तथा गैरसरकारी संस्थालगायतलाई रक्तदान गरी रगत अभाव हटाउन अनुरोध गरेको छ ।
रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार गत महिना ९०० पिन्ट रगत संकलन भए पनि यस महिना ६०० पिन्ट रगतमात्र संकलन हुन सक्यो । ‘संकलित रगतले यो महिना धान्न सक्ने स्थिति छैन’ निर्धाले बताए । ‘समय समयमा रगतको अभाव हुनु विभिन्न संघ संस्थाहरुले रक्तदान नगर्नुले नै हो’ उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्