बिराटनगरमा पनि गाइजात्रा मनाइयो

बिराटनगरमा पनि गाइजात्रा मनाइयो

विराटनगर/२९ साउन । प्रत्येक वर्ष झै यस पटक पनि विराटनगरमा झिःपुचले गाईजात्रा आयोजना गरेको छ । वर्ष भरि देहान्त भएका परिवारजनको आत्मशान्तिका लागि नेवारी समुदायले गाई जात्रा मनाउदै आएका छन् ।
पितृहरुको सम्मानमा मनाईएको गाईजात्रामा यस वर्ष १६ परिवार सहभागी भएको झिःपुचका महासचिव जयन्त प्रधानले बताउनु भयो । उनका अनुसार जात्रामा ३५० भन्दा बढिको सहभागीता रहेको थियो ।
प्रताप मल्लले छोराको मृत्युबाट विह्वल भएकि रानीलाई खुसि पार्न सुरु गरेको जात्राको रुपमा गाईजात्रा सुरु भएको हो । विराटनरमा २०३८ सालमा झिःपुचको स्थापना भए पछि यसको सुरुवात भएको हो । ‘त्यस अघि पनि व्यक्तिगत रुपमा गाईजात्रा मनाईने गरिन्थ्यो’ प्रधानले बताए ।
त्यसै गरि गाईजात्रा कै अवसरमा एचआईभि नेटवर्क सञ्जाल र जिविस मोरङले आइतबार साझ विराटनगरमा गाईजात्रा उत्सव मनाएको छ । यस वर्ष भरि एचआईभी र एड्सका कारण मृत्यु भएका साथीहरुको स्मरणमा यसरी गाईजात्रा उत्सव मनाईएको उत्सवका प्रतिनिधि मुस्कान श्रेष्ठले बताईन । अपराह्न ४ बजे पाञ्चालीबाट सुरु भएको उत्सव ¥यालीले सन्सरी माईस्थान, शनि मन्दिर हुदै महेन्द्र चौक पुगी मृतकहरुको सम्झनामा द्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्