‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयमा कार्यपत्रहरु प्रस्तुत

‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयमा कार्यपत्रहरु प्रस्तुत

विराटनगर/ ३० साउन । विराटनगरमा ‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयक एक दिवसीय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ । ईस्ट आईटी कम्युनिटीले बि एफएममा सञ्चालन गर्ने सुचना प्रविधि विशेष साप्ताहिक कार्यक्रम ‘लिभिङ्ग विथ आईसीटी’ दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुवात बि एफएमका निर्देशक सन्देशदास श्रेष्ठले ‘लिभिङ्ग विथ आईसिटी’को सुरुवातका दिनहरु सम्झीएर गरेका थिए । कार्यक्रममा पूर्वाञ्चलमा सुचना तथा प्रविधिको क्षेत्रमा योगदान दिइरहेका विभिन्न व्यक्तित्वहरुले ११ वटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रहरु ई बैंकिङ् , सञ्चार क्षेत्रमा प्रविधिको प्रयोग, सुचना प्रविधिको व्यापारलगायत सुचना प्रविधि विशेष विषयमा आधारित रहेका थिए । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका सुचना प्रविधी अधिकृत संजोग लुईटेल, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तिर्थराज सापकोटा, विराट ईन्फोसिसका निर्देशक प्रकाशराज भण्डारी, एनआईटिपीका निर्देशक कौशल सुब्बालगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै सहजकर्ता तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले नेपाल जस्तो मुलुकलाई भुपरिवेष्ठित हुनुले कुनै फरक नपार्ने एकमात्र क्षेत्र सुचना प्रविधिको विकास भएको बताए । उनले यस्तो प्रकारका कार्यक्रमहरुले नै सुचना प्रविधिको विकासमा सहयोग पुर्याउने भन्दै ईआइसी नेपालको कार्यक्रमलाई राम्रो अभियानको संज्ञा दिए । कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास मन्त्रालयका उप–सचिव रमेश अधिकारीले सुचना प्रविधिको विकासको महत्वबारे बोलेका थिए । बि एफएमबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रमको संयोजन तथा उद्घोषण ईआइसी नेपालका अध्यक्ष राजन लम्सालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्