विराटनगरमा एक घण्टा यातायात अवरुद्ध

विराटनगरमा एक घण्टा यातायात अवरुद्ध

विराटनगरर ३१ साउन । यातायात मजदुरहरुले आज एक घण्टा सार्वजनिक यातायातहरु बन्द गराएका छन् । विभिन्न ४१ सुत्रिय माग राख्दै आन्दोलन मुल समितिले घोषणा गरेको कार्यक्रम अनुरुप आज दिउसो १२ देखि १ बजेसम्म यातायात बन्द गरेका हुन् ।
सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनु पर्ने , छुट्टै यातायात व्यवस्था मन्त्रालय गठन गर्नुपर्ने, यातायात क्षेत्रलाई उद्योगहरुलाई झै सेवा सुविधा दिनु पर्ने, यातायात मजदुरको लागि कल्याणकारी कोषको व्यवस्था हुनु पर्ने लगायतका ४१ बुँदे माग आन्दोलन राखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी तथा व्यवसायी महासंघ लगायतका ४ संगठनहरुले आन्दोलन मुल समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाई रहेका छन् । भदौ १ गते सम्म सरकारले माग पुरा नगरे अनिश्चित कालका लागि सम्पुर्ण सार्वजनिक यातायात तथा ढुवानी सेवा बन्द गर्ने कार्यक्रम रहेको संघर्ष समिति विराटनगरका अध्यक्ष टंक सुब्बाले बताए ।
यस अघि यातायात मजदुरहरुले प्रधानमन्त्री, यातायात तथा व्यवस्था मन्त्री, वाणिज्य मन्त्रीलगायतलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्