विराटनगरमा ढल समस्याः अधिकाशं शहर डुबानमा

विराटनगरमा ढल समस्याः अधिकाशं शहर डुबानमा

विराटनगर/ ३० साउन । सोमबार रातभर परेको झरीका कारण विराटनगरका अधिकाशंं सडक डुबानमा परि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । उचित तरिकाले ढल निकासको व्यवस्था नहुदा यसरी पानी जमेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको हो ।
झरीका कारण विराटनगरको मुटु जनआन्दोलन चौक, पुरानो इन्द्रहल अघिको मेनरोड , विराटनगर १३ स्थित सोमबारे हाट लगायतका क्षेत्रको सडकमा पानी जमेको छ । मुख्य सडकमै ढल मिसिएको पानी जमेकाले छाला तथा पानी सम्बन्धि रोगको समस्या देखा पर्ने खतरा रहेको छ । ‘सडकमा जमेको पानीका कारण सहजताका साथ हिड्न पाइएको छैन’ बटुवा रमेश कर्णले गुनासो पोखे ।

‘सहरको पानी सिङ्गिया र केशलिया खोलामा लगी व्यवस्थापन गरिने गरिएको छ’ विराटनगर उपमहानगरपालिकाका इन्जिनियर प्रमीला नेपालले बताइन् । उनले भनिन् ‘तर त्याँहा सम्म जल निकास गर्ने ढलको व्यवस्था राम्रो नभएकाले सडकमा पानी जमेको हो’ ।
त्यसै गरी उपमहानगरपालिकाका शहरी विकास तथा वातावरण शाखा प्रमुख उमेश ओझाका अनुसार ढलहरुमा फालीएका फोहोरहरुका कारण निकास जाम भएकाले पनि यस्तो समस्या आएको हो । उनले समस्या देखिएको मुख्य ढलहरुको सफाई कार्य मंगलबार देखि सुरु गरिएको छ । साथै एशियाली विकास बैङ्कको अनुदान तथा ऋण सहयोगमा आउटलेट निर्माणको अध्ययन भईरहेको ओझाले जानकारी दिए ।
विराटनगर शहर ढल सफाईका लागि सार्वजनिक–निजि साझेदारी अन्तर्गत एक गैर सरकारी संस्थालाई सफाईको ठेक्का दिईएको छ । तर नगरपालिकाको अनुगमन कार्य प्रभावकारी नभएकाले सफाई कार्य सहि तरिकाले नभएको गुनासो सर्वसाधारणहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्