सूर्य नेपाल गार्मेन्ट सदाको लागि बन्द

सूर्य नेपाल गार्मेन्ट सदाको लागि बन्द

केहि समय अघि देखिनै मजदुर विवादका कारण बन्द रहेको सुर्य नेपाल गार्मेन्ट औपचारिक रुपमा नै बन्द भएको छ ।मजदुर विवादका कारण दुई महिनादेखि कारखाना सञ्चालन नभएकाले   अर्डर रद्द भएको भन्दै व्यवस्थापनले बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल (गार्मेन्ट) प्रालि बन्द गरेकोहो ।  मोरङको टंकिसिनुवारीमा रहेको सूर्य नेपालमा कार्यरत सात सय मजदुर र कर्मचारीलाई पे–अफ दिदै कारखाना बन्द गर्ने निर्णय गरेपछि मजदुरहरुले जसरि भएपनि आफै कारखाना संचालन गर्ने बताएका छन । लामो समयसम्म कारखाना सुचारु नहु“दा गार्मेन्टको बजार भताभुङ भएको सूर्य नेपाल गार्मेन्टको ब्यबस्थापनले जनाएको छ । अर्डर नै रद्द हुन थालेपछि कारखानालाई बजारमा अर्डर लीन र विश्वास दिलाउन गाह्रो परेकाले  कारखाना बन्द गर्नुको विकल्प नरहेको गार्मेन्टका अधिकारिहरुले बताएका छन । गार्मेन्ट व्यापार चेन बिजनेस भएकाले एकचोटी बजारमा विश्वास गुम्दा फेरि आर्जन गर्न समस्या हुने गर्दछ । उन्ले  सूर्य नेपाल तत्कालका लागि बन्द गरिएको बताएका छन । ७० करोड रुपैया भन्दा बढिको लागतको लगानीमा ७ वर्ष अघि स्थापना भएको सूर्य नेपाल गार्मेन्टले  सर्ट, पाइन्ट र भेष्टको उत्पादन गर्ने र त्यस्लाइ अमेरिका, इटाली, फ्रान्स, क्यानाडा र भारतमा बढीहुने गरेको थियो । कारखानामा प्रत्यक्ष् सातसय र अप्रत्यक्ष् सहित १२ सय मजदुर कार्यरत थिए। उद्योगमा अधिकांश महिला मजदुर कार्यरत थिए ।सूर्य नेपालको चचिर्त ब्राण्ड जोन प्लेयर्स र स्प्रिंग तयारी पोशाक नेपाल र विदेशमा लोकप्रिय छन । सूर्य नेपालको तयारी पोशाक ८५ प्रतिशत विदेशमा र १५ प्रतिशत स्वदेशमा खपत हदै आएको थियो । गत जेठ महिनाको तलब कर्मचारीलाई खुवाएर पे–अफ गर्ने प्रयास गरेको हो । मजदुर यूनियनहरुले व्यवस्थापनले आफूखुशी कारखाना बन्द गर्न नपाउने भन्दै विरोध जनाएका छन्।उनीहरुले घाटा नाफा हेरे त्यसपछि मात्र बन्द गर्नुपर्ने भन्दै बन्द भए कुनै पनि हालतमा मजदुरलेनै चलाउने एक मजदुर नेतृले आफ्नो तलब बुझदै गर्दा उद्योग संगठन मोरमा भनीन हामी संग बार्ता गर्नुपर्छ त्यसपछि के गर्ने निर्णय लीनुपर्छ ।
उद्योगको समस्या समाधान गर्ने भन्दै ब्यबस्थापन र मजदुर तथा उदौगीहरुविच विहिबार २ बजे बार्ता डाकीएको छ । बार्तामा बस्ने नबस्ने टुगो नभइसकेको भन्दै मजदुर नेता तेजलाल कर्णले व्यवस्थापनले गैर कानुनी ढंगले कारखाना बन्द गन नपाउने बताएका छन ।अखिल नेपाल ट्रेड यूनियनका केन्द्रीय सदस्य समेत रहेका  तेजलाल कर्णले श्रम ऐन अनुसार कारखाना बन्द गर्नुपर्ने बताएका छन ।वेतनबृद्धि सम्बन्धी आन्दोलनको क्रममा चैतको अन्तिम साता बन्द रहेको ८ दिनको ज्याला माग्दै आन्दोलनमा उत्रिएका मजदुरहरुले ४० भन्दा बढी कर्मचारी थुनेको अभियोगमा सूर्य नेपालले २४ जना भन्दा बढी कर्मचारीलाई सेवाबाट निष्काशित गरेपछि कारखाना पुनः सञ्चालनमा ल्याउन गरिएका सबै प्रयास विफल हुदै आएका थिए ।
बन्द अवधिको ज्याला माग्दै सूर्य नेपालका मजदुरहरु जेठको अन्तिम साता ४० कर्मचारीलाई कार्यलय मै थुनेर आन्दोलनमा उत्रिएपछि कारखाना बन्द भएको थीयो। उद्योगमा कार्यरत सबै मजदुरहरुलाइ बुधबार उद्योग संगठनमा बोलाएर जेष्ठ महिनाको ज्याला बाडिएको छ | स्टान्र्डर्ड चार्टर्ट बैकले उनीहरुको तलब बाडेको हो | बैंकका अनुसार करिब ३० लाख रुपैया तलब बाडिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्