विद्युत प्राधिकरणको २६औ वार्षिकोत्सव मनाइयो

विद्युत प्राधिकरणको २६औ वार्षिकोत्सव मनाइयो

विराटनगर/१ भदौ । नेपाल विद्युत प्राधिकरणको २६औ वार्षिकोत्सव विराटनगरमा पनि मनाइएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन कोशी मेची क्षेत्रीय समितिले विहिबार विभिन्न कार्यक्रम गरी प्राधिकरणको वार्षिकोत्सव मनाएको हो ।
उक्त अवसरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता सँगै रक्तदान कार्यक्रम पनि आयोजना गरीएको थियो । युनियनले मेची कोशी क्षेत्रका कर्मचारीहरु बिचमा म्युजिकल चेयर, डोरी तान्ने, छिटो चिसो पिउने, घैला फुटाउने लगायतका प्रतियोगिता गराएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा विद्युत प्राधिकरणका क्षेत्रीय निर्देशक सुधिर प्रसाद सिहं रहेका थिए भने विशिष्ट अतिथीको रुपमा युनियनका केन्द्रिय उपाध्यक्ष बद्रि खत्री र महासचिव राजेश्वर पौडेल रहेका थिए । खेलकुद प्रतियोगितामा प्रथम हुने कर्मचारीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्