कृष्ण अष्टमीमा मूर्तिकारहरु व्यस्त

कृष्ण अष्टमीमा मूर्तिकारहरु व्यस्त

विराटनगरर ३/भदौ । विराटनगरको बरगाछी चोक पुर्व रोडमा मुर्ति बनाउने सुकमल दास अहिले अत्यन्त व्यस्त भएका छन् । श्री कृष्ण जन्माष्टमीको आगमनसँगै हरेक चोक चोकमा विभिन्न समुहले जन्माष्टमी पुजा लगाउने भएकाले पनि उनी हाल व्यस्त भएका हुन् ।
आफु ५ वर्षको उमेर हुँदा देखी मुर्ति बनाउन थालेको बताउने ३७ वर्षे सुकमलले हाल आफु सँगै अन्य ३ जना कामदारलाई पनि मूर्ति बनाउने रोजगार दिएका छन् । ‘मेरो बुबा कलकत्ताबाट नेपाल आएका थिए, म यहि जन्मिए’ महामनुसा मुर्तिकला केन्द्रको नाममा मुर्ति बनाउने भने ‘बुबाले गरेको काम भएकाले आफु पनि यसैमा लागे । छोराले पनि फुर्सद हुँदा सघाउछ । उ अहिले १२ को परिक्षा दिएर बसेको छ ।’
‘यस पटक पहिले भन्दा बढि मुर्तिको अर्डर आएको छ, पहिले २० वटा जति बनाईन्थ्यो अहिले ३० वटा मूर्ति तयार गर्दैछु ।’ उनले खुसि व्यक्त गरे ।
सुकमल झै भारतको बंगालबाट ४५ वर्ष अघि नेपाल छिरेका ७० वर्षे बंगाली मुर्तिकार (नाम छाप्न अस्विकार) पनि अहिले मुर्ति तयार गर्ने चपेटामै छन् । उनले पनि अन्य ५ जनालाई आफ्नो मुर्तिकला केन्द्रमा रोजगार दिएका छन् । ‘यस पटक ४५ वटा मुर्तिको अडर आएको छ त्यसैलाई पुरा गर्ने हतार छ’ उनले सुनाए । ४ छोरा मध्ये एकले उनलाई उनको काममा सघाउछन् भने अन्य दुई अध्ययन र एक छुट्टै व्यवसाय गरेर बसेका उनी बताउछन् । ३५ वर्ष देखि यहि पेसा गर्दै आएको बताउने उनी मुर्ति बनाएर राम्रै आम्दानी हुने बताउछन् ।
विराटनगर जामुन गाछीबाट पुजा समारोहका लागि सुकमल कहाँ मूर्ति लिन आएका जयराम शर्माले मुर्ति विनाको पुजामा रमाइलो नहुने भएकाले हरेक वर्ष मूर्ति नै किनेर आफ्नो चोकमा पूजा गर्ने गरेको बताउछन् । उनी जस्ता थुप्रै युवा हाल आफ्नो चोकमा मूर्ति राखेर कृष्ण पूजा, दुर्गा पूजा तथा सरस्वती पूजा गर्ने गर्दछन् ।
विराटनगरमा मूर्ति कला केन्द्रहरुको सँख्या झण्डै आधा दर्जन छन् । विभिन्न देवी देवताका पूजाहरु मध्ये विशेष गरी सरस्वती पूजाको समयमा बढि मूर्ति विक्रि हुने गरेको मूर्तिकारहरु बताउछन् । यहाँको बजारमा १ सय पचास देखि २ हजार सम्मको मूर्तिहरु पाइने गरीन्छ । विराटनगरबाट हरेक वर्ष राधाकृष्णको विशाल रथ यात्रा निस्कने भएकाले पनि यस क्षेत्रमा कृष्ण जन्माष्टमीलाई विशेष महत्वका साथ मनाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्