महिलाहरुको पदयात्रा टोली विराटनगरमा

महिलाहरुको पदयात्रा टोली विराटनगरमा

विराटनगर/७ भदौ । शान्ति र संविधानका लागि महिला दबाव अभियान अन्तर्गत सुरु गरिएको महिला दबाव पदयात्रा टोली बुधबार विराटनगर आइपुगेको छ ।
उक्त पदयात्रीको टोलीले भदौ ६ गते इलामबाट आफ्नो यात्रा थालेको हो ।
बुधबार अपराह्न विराटनगर आई पुगेको टोलीलाई विराटनगरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । स्वागतसँगै जनआन्दोलन चौकबाट सुरु भएको ¥याली शनि मन्दिर, ट्राफिक चौक हुदै पुन जनआन्दोलन चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा पूर्वाञ्चल मानव अधिकार सञ्जालका अध्यक्ष सोमराज थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । सभामा अभियानकर्ता तुलसा अमात्य, शिवमाया तुम्बाहाम्फे लगायतले महिलाहरुको पहिचान र अस्तित्व समेटिएको संविधान निर्माण गर्न जोड दिए ।
कोणसभामा नेपाली कांग्रेसका मोरङ जिल्ला सचिव बाबुराजा ओझा, नेकपा एमालेका जिल्ला अध्यक्ष विनोद ढकाललगायतका विभिन्न राजनितिक पार्टीका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । महिलाहरुको समुहले उपस्थित राजनितिक दलका पदाधिकारीहरुलाई आफ्नो मागहरु सहिताको ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । ध्यानाकर्षण पत्रमा शान्ति र संविधानको पक्षमा भएको ५ बुँदे सहमतिको पालना हुनु पर्ने, भदौ १४ भित्र जनादेश अनुरुपको संविधानको मस्यौदा सार्वजनिक गरिसक्नु पर्नेलगायतका मागहरु उल्लेख गरिएको छ ।
इलामबाट आएको पदयात्रा टोलीमा मोरङबाट डा.शिवमाया तुम्बाहाम्फे, रञ्जु सरदार र रुपा भट्टराई समेत सामेल भए । टोलीले बुधबार विहानै झापामा समेत यस्तै प्रकारको कार्यक्रम आयोजना गरको थियो । यस पछि सिरहा, मकवानपुर, चितवन , डडेलधुरा हुदै काठमाडौ जाने यात्राका सहभागी नेतृहरुले बताए । करिब एक सय संघसंस्थाहरुको सहकार्यमा थालिएको अभियान अन्तर्गत महिलाहरुले विभिन्न दबाव मुलक कार्यक्रमहरु गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्