सुर्य नेपालका मजदुरहरुले उद्योग संगठनमा धर्ना दिए

सुर्य नेपालका मजदुरहरुले उद्योग संगठनमा धर्ना दिए

विराटनगर, ८ भदौ । दुई महिनादेखि बन्द गरेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल गार्मेन्ट उद्योगका मजदुरले उद्योग खुलाउन माग गर्दै आज उद्योग संगठन मोरङमा धर्ना दिएका छन् । मजदुर र उद्योग ब्यवस्थापन बीचको बिवादले बन्द भएको सुर्य नेपालका महिला मजदुरले विराटनगर स्थित उद्योग संगठनको कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन् । मोरङको टंकिसिनवारीमा रहेको उद्योगका मदजुरले आठ दिन उद्योग बन्द भएको अवधिको पारिश्रमिक माग गर्दै कर्मचारीलाई बन्दी बनाएपछि छुटाउन गएको प्रहरीसग झडप भएको थियो । झडपका क्रममा लाखौंको क्षति भएको भन्दै संचालकले उद्योग बन्द गराएका थिए । बहुराष्ट्रिय कम्पनी बन्द हुदा अन्तराष्ट्रिय क्षेत्रमा नकारात्मक संदेश जाने भन्दै सरकारले नै सुर्य नेपाल गार्मेन्ट खुलाउन पहल गर्ने भएको छ । यसैबिच कल्याणकारी कोषको स्थापना गर्नु पर्नेलगायतका माग गर्दै मजदुरले आन्दोलन थालेपछि विराटनगर–जोगवनी चल्ने यातायात छ दिनदेखि बन्द रहेको छ । तलब बृद्धिको मागमा सहमति भएपनि दैनिक १० रुपैया कोषमा जम्मा गरिनु पर्ने मजदुरको मागमा सहमति हुन नसक्दा ६ दिनदेखि यातायात सेवा ठप्प भएको हो । विराटनगर–जोगवनी रुटको यातायात बन्द हुदा त्यस क्षेत्रमा निजी सवारी साधनहरुले यात्री बोक्न थालेका छन् । यातायात सेवा बन्द भएकाले निजी साना सवारी साधनहरुले महगो भाडा दरमा यात्री ओसारिरहदा ट्राफिक प्रहरी मौन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्