सुनको भाउ तोलामा २ हजार ४ सय घट्यो

सुनको भाउ तोलामा २ हजार ४ सय घट्यो

सुनको भाउ एकैदिन तोलामा २ हजार ४ सय रुपैया घटेको छ । हिजो बुधबार तोलाको ५२ हजार ४ सय रुपैयामा कारोबार भएको सुन आज ५० हजार रुपैयामा झरेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ । सुनको भाउमा एकैदिन यति धेरै कमी आएको यो नै पहिलोपटक भएको संघका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यसअघि हिजो ५३ हजार ९ सयमा १५ सय रुपैया घटेर ५२ हजार चार सयमा आइपुगेको थियो । यसअघि सुनको भाउ लगातार बढेर ५३ हजार ९ सय रुपैया पुगेको थियो । चादीको भाउ पनि घटेर एक हजार एकसय ७५ हजार रुपैयामा आइपुगेको छ । हिजो चादी एकहजार २ सय ३० रुपैयामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्