नक्कली डाक्टर पक्राउ

नक्कली डाक्टर पक्राउ

विराटनगर÷ ८ भदौ । आफुलाई डाक्टर भनि ठगी गर्ने एक नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट खटिएको विशेष प्रहरी टोलीले विहिबार विहान साढे ९ बजे विराटनगर १४ स्थित महाविर रोडबाट उक्त नक्कली डाक्टर मनिलाल चौधरी (एम.एल.चौधरी)लाई पक्राउ गरेको हो । चौधरी महाविर रोडमा क्लिनिक संचालन गरी विगत ५ वर्ष देखि बिरामीको उचार गर्दै आएका थिए । आफुलाई ःद्यद्यक् डाक्टर भनी बिरामी जाँची डा.लेखिएको प्रिस्कृप्सनमा औषधीको नाम लेखी ठगी कार्य गर्ने चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्