मुख्य न्यायधिशको चोरीएको ल्यापटप भेटियो

मुख्य न्यायधिशको चोरीएको ल्यापटप भेटियो

विराटनगर/ ८ भदौ । मोरङ पुनरावेदन अदालतका मुख्य न्यायधिस गोपाल पराजुलीको चोरीएको ल्यापटप भेटिएको छ ।
प्रहरीले केहि दिन अघि पक्राउ गरेको ल्यापटप चोरीमा संलग्न गिरोहका इव्राहिम महमद र चुन्ना मियाँले अनुसन्धानका क्रममा दिएको वयानका आधारमा उक्त ल्यापटम भेटिएको हो । मुख्य न्यायधिसको ल्यापटप गत भदौ २ गते उनको तिन पैनि स्थित निवासबाटै चोरिभएको थियो । पक्राउ परेका महमद र मियाँले बताए अनुरुप विहिबार विहान ९ बजे प्रहरी टोलीले विराटनगर नहर छेऊ बाट उक्त लेनोभो कम्पनिको ल्यापटम बरामद गरेको थियो । उक्त गिरोहले नै गत श्रावण २७ गते डा.संजय साहको समेत ल्यापटप चोरी गरेको थियो । प्रहरी नायब उपरिक्ष दिपक थापाका अनुसार पक्राउ परेका मुहमद र मियाँ यस अघि पनि चोरीको आरोपमा पक्राउ परि सजाय काटिसकेका पटके चोर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्