मोरङ प्रहरी कार्यालयमा नागरिक सहायता केन्द्र सुरु

मोरङ प्रहरी कार्यालयमा नागरिक सहायता केन्द्र सुरु

विराटनगर/ ८ भदौ । जिल्ला प्रहरी कार्यालयले विहिबार देखि नागरिक सहायता केन्द्र सुरु गरेको छ । मोरङ प्रहरी कार्यालयमा दैनिक रुपमा आउने सेवाग्राहीहरुलाई सर्वसुलभ तरिकाले प्रहरी सेवा प्रदान गर्नका लागि उक्त केन्द्र सुरु गरिएको हो । उक्त केन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी निवेदन सम्बन्धमा जानकारी दिने, पुराना मुद्दा तथा उजुरी फलोअप गराउने, सर्वसाधारणबाट सूचनाहरु लिने तथा पिरमार्का, समस्या जनगुनासा सुनी उचित परामर्श र सम्बन्धित शाखामा पुर्याउने कार्य गर्ने प्रहरी कार्यालयले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ । उक्त केन्द्र जुनियर प्रहरी अधिकृतको कमाण्डमा दैनिक विहान ८ बजे देखि बेलुकी ६ बजे सम्म सञ्चालन रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्