साँस्कृतिक कार्यक्रमसँगै विराटनगरमा तिजको कार्यक्रम

साँस्कृतिक कार्यक्रमसँगै विराटनगरमा तिजको कार्यक्रम

विराटनगर/ ९ भदौ ।  देशलाई शान्ति, विकास अनि समृद्धिको उचाइमा पुर्याउनु छ भने महिलालाई राजनितिमा ल्याउनु पर्ने काग्रेस नेतृ सुजाता कोइरालाले बताएकी छिन् । शुक्रबार नेपाल महिला संघले हरितालिका तिजको उपलक्ष्यमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा विशिष्ट अतिथी रहेकी कोइरालाले यस्तो बताएकी हुन् । उनले कार्यक्रममा बोल्दै महिलाहरु सुदृढ, सफल अनि सक्षम हुदा हुदै पनि समाजमा भेदभावको सिकार भईरहेको बताएकि छिन् ।
कार्यक्रमको सुरुवातमा विराटनगरका गायक सुमित खड्काले ‘हाम्रो औद्योगिक नगरी विराटनगर....’ बोलको गित सुनाए । त्यस पछि आएका कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेलले दर्शकहरुलाई आफ्नो प्रस्तुतिबाट हसाँए । उनले देशको वर्तमान राजनितिक अवस्था देखि राष्ट्र प्रेमका खुराकहरु आफ्नो प्रस्तुतिमा समेट्न भ्याए ।  त्यसै गरि कार्यक्रममा माण्डवी त्रीपाठीले तिजका गितहरुमा उपस्थित दर्शकहरुलाई नचाइन् । उनले तिजका गितसँगै आफ्ना विभिन्न लोकप्रिय गितहरु गाएकि थिइन् । माण्डविले गित गाउदा सुजाता कोइराला, बाबुराजा ओझा लगायतका व्यक्तिहरुले स्टेजमै चढेर नृत्य गरेका थिए ।
कार्यक्रममा विन्दिया कार्की, एकता कार्कीलगायतले आफ्नो प्रस्तुति दिएका थिए भने बालमिकी स्कुलका विद्यार्थीहरुले मारुनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, सहायक प्रजिअ सुरेन्द्र पौडेल, अमृत अर्याल, बाबुराजा ओझा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
विराटनगरको विरेन्द्र सभागृहमा आयोजित उक्त कार्यक्रम १ बजे सुरु भएको थियो । यसै गरि शुक्रबारनै विराटनगर १ का महिलाहरुले समेत तिजको सुभकामना आदान प्रदान र दर खाने कार्यक्रम आयोजना गरेका थिए  । विराटनगर १ स्थित आरआरएनको कार्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रम नेपाली काग्रेस नगर सचिव सुनिता घिमिरेको संयोजनमा भएको हो ।उक्त कार्यक्रममा सुजाता कोइरालाको समेत उपस्थिति रहेको थियो ।
नेपाली महिलाहरुले हर्षोउल्लासका साथ मनाउने तिज प्रत्येक वर्ष विभिन्न संघसंस्थाहरुले छुट्टा छुट्टै कार्यक्रम गरि मनाउने गर्छन । तिज आउनु भन्दा केहि महिना अघि देखि नै सुरु हुने तिजको चहल पहलले यति बेला विराटनगरसँगै नेपालका अधिकाशं स्थानलाई छोएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्