विराटनगरमा सामुहिक रोजा अफतार

विराटनगरमा सामुहिक रोजा अफतार

विराटनगर/ १० भदौ । मुस्लिम धर्मालम्बीहरुले शनिवार सामुहिकरुपमा भोज गरि रोजा अफतार गरेका छन् । मोरङ मदरसा समन्वय समितिले सिदार्थ चौकमा आयोजना गरेको कार्यक्रममा विराटनगरका झण्डै ५सय मस्लिम धर्मालम्बीहरुले यसरी रोजा तोडेका हुन् ।
उक्त अवसरमा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, नेपाली कांग्रेसका मोरङ जिल्ला अध्यक्ष अमृत अर्याल, नेकपा एमाले जिल्ला सचिव महेश रेग्मी, पारुल क्षेत्री, सञ्चारकर्मीहरुलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । उपस्थित सबैले एकै पटक भोजन गरि रोजा विसर्जन गरेका थिए । ‘एक आपसमा मित्रताको भाव बृद्धि गर्ने उद्देश्यले यसरी सामुहिकरुपमा रोजा  अफतार गरिएको हो’ कार्यक्रमको महत्व प्रकाश पार्दै समितीका मोरङ अध्यक्ष आजम परवेजले बताए । सबै धर्म र वर्गका व्यक्तिहरु सम्मीलित सार्वजनिक खर्चमा गरिएको सो कार्यक्रमले सामाजिक एकता तथा सहिष्णुतालाई कायम राख्ने काम गर्ने उनले विश्वास व्यक्त गरे । साथै समितिले सार्वजनिक गरेको विज्ञप्तीमा सम्पुर्ण इस्लाम धर्मावलम्बीहरुलाई रमजान र इद पर्वको सुभकामनासँगै भ्रष्टाचार मुक्त समृद्ध नेपालको कामना समेत गरिएको छ ।
मूस्लिम धर्मालम्बीहरु प्रत्येक इस्लामिक वर्षको रमजान महिना भर व्रत बस्ने गर्छन । उनीहरु प्रत्येक दिनको सुर्य अस्ताए पछि यसरी नै पारिवारिक वा सामुहिक रुपमा रोजा अफतार गर्ने गर्दछन् । यसरी सामुहिकरुपमा रोजा अफतार गर्दा भाइचारा र आपसी सम्बन्ध बलियो हुने मुस्लिम धर्मालम्बीहरुको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्