मजदुरले गरे थाल ठटाउदै जुलुस

मजदुरले गरे थाल ठटाउदै जुलुस

विराटनगर/ ११ भदौ । विगत २ महिनादेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनि सुर्य नेपाल खुलाउनु पर्ने माग सहित आज मजदुरहरुले थाल जुलुस आयोजना गरेका छन् । एकलौटी रुपमा सुर्य नेपालका सञ्चालकहरुले उद्योग बन्द गरेको आरोप लगाउदै मजदुरहरुले घोषणा गरेको आन्दोलन अन्तर्गत पहिलो चरणको आन्दोलनको आज अन्तिम दिन हो । पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा थाल जुलुस आयोजना गरेको हो ।
विराटनगरको सन्सरी माईस्थानबाट सुरु भएको सुर्य नेपालका मजदुरहरुको जुलुस मेन रोड हुदै गोल्छा चौकबाट थाल ठटाउदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जिल्ला प्रशासन कार्यालयमा पुगेर मजदुरहरुले थाल ठटाउदै केहिबेर नारा समेत लगाएका थिए ।
जुलुसको अन्त्यमा पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु पछि अब मजदुरहरुको आन्दोलन दोस्रो चरणमा पुगेको घोषणा समेत गरिएको थियो । दोस्रो चरणको आन्दोलन अनुसार यहि १८ गते दिउसो ११ बजेदेखी १२ बजेसम्म एक घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको मजदुर नेता पुष्प राजवंशीले बताए । उनको अनुसार चक्का जामसँगै १९ गते देखि मजदुरहरु सुर्य नेपालको मुल गेटमा अनसन बस्नेछन्  । बन्द सुर्य नेपाल नखुले आफुहरु जस्तो सुकै कडा संघर्षमा समेत जान सक्ने मजदुरहरुले बताएका छन् ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले यसअघि श्रम कार्यालय बिराटनगर, उद्योग संगठन मोरङ्ग तथा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै बिरोध ¥याली लगायतका कार्यक्रम गरीसकेका छन् । मोरङको टंकिसिनवारी स्थित उद्योगका मजदुरले ८ दिन उद्योग बन्द भएको अवधिको पारिश्रमिक माग गर्दै कर्मचारीलाई बन्दी बनाएपछि छुटाउन गएको प्रहरीस“ग भएपछि बन्द रहेको उद्योग प्रशासनले सधैका लागी बन्द गर्ने घोषणा गरेको थियो । झडपका क्रममा लाखौंको क्षति भएको भन्दै संचालकले उद्योग बन्द गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्