नेता ठाकुरको सम्मानमा झण्डा ३ दिनसम्म झुकाईने

नेता ठाकुरको सम्मानमा झण्डा ३ दिनसम्म झुकाईने

विराटनगर/११ भदौ मधेशी जनअधिकार फोरमका बरिष्ठ केन्द्रिय नेता डा।महानन्द ठाकुरको आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ठाकुरको हृदयघातका कारण गत शुक्रबार भारतको दिल्लीमा मृत्यु भएको थियो । उनको पार्थीव शरिरमा पार्टिको झण्डा ओढाएर सम्मान गरिएको थियो ।
आइतवारनै मधेशी जनअधिकार पार्टिले एक विज्ञप्ती जारी गर्दै नेता ठाकुरको मृत्युले आफ्नो पार्टिलाई अपुरणिय क्षति भएको जनाएको छ । मधेशी जनअधिकार फोरमका मोरङका जिल्ला कार्यबाहक अध्यक्ष नन्द कुमार यादवद्वारा जारी उक्त विज्ञप्तीमा दिवगंत आत्माको चिर शान्तिको कामना समेत गरिएको छ ।
फोरमले नेता ठाकुरको सम्मानमा जिल्ला भरीका जिल्ला तथा भातृसंगठनका कार्यालयहरुको पार्टी झण्डा ३ दिनसम्म आधा झुकाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्