रेडक्रस उपशाखाद्वारा रक्तदान

रेडक्रस उपशाखाद्वारा रक्तदान

विराटनगर/ ११ भदौ । मोरङ रक्त सञ्चार केन्द्रमा भईरहेको रगत अभावको पूर्ति गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा विराटनगर–२ले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगर शनिहाटस्थित स्व. सन्दिप भट्टराईको घरमा आयोजना गरिएको उक्त खुल्ला रक्तदानमा ५ जना महिला र २८ जना पुरुष गरि जम्मा ३३ जनाले रगत दिएका थिए  ।
रक्तदान कार्यक्रममा रेडक्रस उपशाखाका बरिष्ठ अधिकृत कमल प्रसाद कोइराला, रेडक्रस मोरङका सभापति मनोज प्रसाद उपाध्याय, मन्त्री सुबोध कुमार सिंहलगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । नेपाल रेडक्रस सोसाईटि उपशाखाले यसरी खुल्ला रक्तदान कार्यक्रमहरु अबका दिनहरुमा आयोजना गरि रहने जानकारी दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्