प्रहरीद्धारा लागुऔषध सहित मानिस पक्राउ

प्रहरीद्धारा लागुऔषध सहित मानिस पक्राउ

लागु औषध ओसार पसारको आरोपमा प्रहरीले शनिबार दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ । शुक्रबार होटल तथा लज चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर १५ का २३ वर्षिय बिकास गुरुङ्ग र इटहरीका १८ वर्षिय सुनिल शाक्य रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुबाट नाइट्रोजन ट्वाब्लेट २५० थान र ४८ थान टी.टी बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसै गरि शनिबार नै गुण्डागर्दिमा संलग्न भएको आरोपमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । उनीहरुलाई सोमबारे हाटबाट पक्राउ गरिएको हो । उनीहरुलाई तरबारलगायतको हतियार सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ वर्षिय निरज श्रेष्ठ, २१ वर्षिय अमृत कार्की, २३ वर्षिय श्याम बिबिन, र ३६ वर्षिय प्रो सोठिया रहेको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्