आज घरघरमा दर खाइदै

आज घरघरमा दर खाइदै

विराटनगर १३ भदौ ,हरिलातिका तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरुले घरघरमा दर खादैछन् । टाढाटाढा रहेका चेलबेटीहरु आज माइतीघरमा भेला भएर दुधमा पकाइएको खीर, ढकनी र मिठाई लगायतका परिकारलाई दरका रुपमा खाने गर्दछन् । तीजमा माछा मासु दरका रुपमा खान नहुने मान्यता रहिआए पनि पछिल्लो समय भने माछा–मासु पनि दरका रुपमा खाने प्रचलन बढेको छ । हरितालिकाको एक दिनअघि मात्र दर खाने गरिए पनि राजधानीलगायत मुख्य सहरहरुमा केही वर्र्षयता एक महिनाअघि देखिनै दरखाने प्रचलन सुरु भएको छ । त्यसले तीजमा बिकृती भित्रिएको र मौलिकता हराउदै गएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।आज दर खाएपछि भोलि विवाहित हिन्दु महिलाहरु पतिको दीर्घायुको कामना गरेर र अविवाहितहरुले योग्य वर पाउ भनी निराहार ब्रत बस्ने गर्दछन् । नजिकको तलाउ, पोखरी र नदीमा स्नान गरेपछि तीजको विधिवत् समापन हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्